एयरपोर्टमा अँगालेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : उपसभापति शर्मा « Khabarhub

एयरपोर्टमा अँगालेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : उपसभापति शर्मा


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने बताए । पछिल्लो समय नेपाली कांग्रेसप्रति जनलहर सिर्जना भएको उनको दाबी छ ।

‘अहिले कांग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू कांग्रेसमा समाहित भइरहनुभएको छ,’ शर्माले भने, ‘एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिंगै प्रदेश कमान्ड गर्ने ममता शर्मासम्मले कांग्रेसको रुख चिह्न रोज्नुले कांग्रेसको बढ्दो आकर्षण पुष्टि गर्छ ।’

शर्माले देशमा पटक–पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको बताउँदै अब ५ वर्ष टिक्ने प्रधानमन्त्रीको पद्दतिका बारेमा गम्भीर बहस हुनुपर्ने बताए । ‘हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने के–के सुधार गर्ने हो, त्यसमा छलफल गरौँ । निर्वाचनलाई युद्धको मैदान नभई परख गर्ने थलो बनाऔँ,’ उनले भने ।

भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले कठोर नीति लिएको उनको भनाइ छ । ‘कांग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ । निर्दोष प्रमाणित भए फिर्ता आउने बाटो खुला रहनेछ, तर दोषीलाई कुनै छुट हुनेछैन,’ शर्माले भने ।

विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न कांग्रेसले ‘जीडीपीपी’को अवधारणा ल्याएको शर्माले बताए । १२०० मेगावाटको बूढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने र त्यसमा डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना उनले सुनाए ।

‘काठमाडौंको एयरपोर्टमा अँगालो मारेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ,’ शर्माले भने, ‘बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछा पालन र पर्यटनको ठूलो सम्भावना छ, जसले मधेशको सिँचाइ र खानेपानी समस्या समेत हल गर्नेछ ।’

शर्माले मोरङ-३ का उमेदवार डा. सुनिल शर्मालाई विजयी गराउन अपिल गरे । चुनाव जित्न प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गर्दै उनले ‘मेरो वडा म जिताउँछु’ अभियान चलाउन निर्देशन दिए ।

‘व्यक्ति सुनिल शर्मालाई मात्र होइन, सिंगो कांग्रेसको भिजनलाई जिताउनु पर्छ,’ शर्माले भने, ‘२५ गते बिहान जब सुनिल शर्मा विजयी भएको खबर सुनिनेछ, त्यो नै यो क्षेत्रको समुन्नतिको सुरुवात हुनेछ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित