जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै « Khabarhub

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो ।

निर्वाचनमा होमिएका उम्मेदवार मतदाता रिझाउन बेँसीमै व्यस्त थिए । तर, जाडो छल्न बेंसी झरेका मतदाता फर्किन थालेपछि उम्मेदवार पनि मतदातासँगै लेकतिर उक्लिन थालेका छन् । 

मुस्ताङमा चार राजनीतिक दलका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा), मङ्गोल नेशनल अर्गनाइजेशन, उज्यालो नेपाल र आम जनता पार्टीका उम्मेदवारले घरदैलो गरेका थिए । 

अहिले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले थासाङ गाउँपालिकादेखि घरदैलो थालेको बताए। उम्मेदवारी दर्ता गराएपछि पूरै एक महिनाभन्दा बढी समय पोखरा, काठमाडौँमा रहेका मुस्ताङी मतदातासँग भेट गरेपछि जिल्लामै रहेका मतदाता भेट्नमा व्यस्त रहेको उनले बताए। 

यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार डा सुरेन्द्र शेरचनले माथिल्लो मुस्ताङमा चुनावी घरदैलो सकेर काठमाडौँ फर्किएको बताए। बेंसी झरेका कतिपयले बेंसीमै घुम्ती ब्यापार सञ्चालन गर्छन् । 

माथिल्लो मुस्ताङका दुई स्थानीय तहका ८० प्रतिशत बढी मतदाता बेँसी झरेका थिए । तल्लो मुस्ताङका पनि ५० प्रतिशत बढी मतदाता बेंसी झरेका थिए ।
     
यहाँस्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिलगायतले निर्वाचन तयारीलाई तीव्रता दिइरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । निर्वाचन तयारीका लागि हालसम्म पाँच वटै स्थानीय तहका मतदानस्थलमध्ये ९० प्रतिशत मतदानस्थलको स्थलगत अवलोकन गरिसकेको उनले बताए। 

उनले भने, ‘मौसमले साथ दिएमा निर्वाचन सम्पन्न गराउन केही अप्ठ्यारो पर्दैन, मौसम प्रतिकूल भएमा आयोगको निर्देशन अनुसार काम गर्छौँ ।’

निर्वाचनका लागि जिल्ला सुरक्षा योजना तयार भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।

 २३५ नेपाल प्रहरी  र २६६ निर्वाचन प्रहरी गरी ५०१ सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । सशस्त्र प्रहरीले सशस्त्र र निर्वाचन प्रहरी गरी २०० बढी सुरक्षाकर्मी खटाएको छ । निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा २४० जना कर्मचारी र ८६ जना स्वंयसेविक खटाइने जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ७ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित