ढाका बेचेरै आर्थिक समृद्धितर्फ लम्केको बंगलादेश « Khabarhub

ढाका बेचेरै आर्थिक समृद्धितर्फ लम्केको बंगलादेश


१४ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही वर्ष यता बंगलादेश कुल ग्राहस्थ उत्पादन (जीडीपी) ग्रोथ रेट उच्च देखिएको छ । एशियाकै उदयमान देशमा रुपमा अगाडि देखिएको बंगलादेशको जीडीपी ग्रोथ रेट भारतको भन्दा बढी छ ।

बंगलादेशको आर्थिक वृद्धि तीव्र हुनुमा ढाका युभिर्सिटीका प्रोफेसर सलिम रेहान भन्छन, ‘रेडिमेड गार्मेन्ट निर्यात, रेमिट्यान्स, कृषिको विकास, माइक्रो फाइनान्सको लगानी, ठूला परियोजनामा सरकारी खर्च बढ्नु हो ।’

रेडिमेड गार्मेन्टको उत्पादन बंगलादेशमा गएपछि अहिले बंगलादेशको अर्थतन्त्रले नयाँ उचाई लिएको प्रोफेसर रैहान बताउछन् ।

सन २०१९ को सेम्टेम्बरमा एसियाली विकास बैंकले सार्वजनिक गरेको एसियायी विकास आउट लुकमा बंगलादेशको जीडीपी वृद्धि ८ प्रतिशत अनुमान गरिएको थियो तर एडीवीको आउट लुकमा ८.१ प्रतिशत र भारतको ७.२ प्रतिशतबाट घटेर ६.५ प्रतिशत देखाइएको थियो ।

सन २०२० को जीडीपी ग्रोथमा बंगलादेश ८ प्रतिशत र भारतको ७.२ प्रतिशत मात्र प्रक्षपण गरिएको छ ।

त्यसो त बंगलादेशले सन २०१८ देखि नै भारतलाई पछि पार्दै आएको देखिन्छ । बंगलादेश र भारतमा आर्थिक वर्षको गणना एक दिनको फरकमा गर्ने गरिन्छ । भारतले अप्रिल १ देखि मार्च ३१ सम्म गणना गर्ने गरेको छ भने बंगलादेशले १ जुन देखि ३० जुनसम्म गणना गर्ने गर्छ ।

एडीबीको तथ्यांकलाई हेर्ने हो भने भारतभन्दा बंगलादेश तीव्र रुपमा धनी बन्दै गएको देखिन्छ ।

सन २०१७ देखि नै बंगलादेशमा प्रतिव्यक्ति जीडीपी वृद्धिमा समेत भारतलाई उछिन्दै आएको छ । सन २०१७ मा भारतीयहरुको प्रतिव्यक्ति जीडीपी ५.८ हुँदा बंगलादेशीहरुको ६ प्रतिशत रहेको थियो ।

सन २०२० का लागि एडीबीले गरेको अनुमानित प्रतिव्यक्ति जीडीपीमा पनि भारतीयको ५.९ रहेको छ भने बंगालीहरुको ६.६प्रतिशत रहेको देखाएको छ ।

सन २०१७ मा बंगालीहरुको प्रतिव्यक्ति आम्दानी १४७० अमेरिकी डलर रहेको थियो सोहि बेला भारतको १८०० अमेरिकी डलर रहेको थियो ।

सन २०१०देखि २०१७ बीचको बंगलादेशको गिनी कोफिसिअन्ट ३२.४ रहेको छ भने भारतको ३५.१ रहेको थियो । गीनी कोफिसिअन्ट सुन्य भयो भने आयमा समानता रहेको देखाउँछ ।

अहिले चीनपछि रेडिमेड गार्मेन्ट निर्यात गर्ने देशमा बंगलादेश पर्ने गरेको छ । बंगलादेशको उत्पादनमूलक क्षेत्रको जीडीपीमा ४५ प्रतिशत र कुल जिडीपीमा गार्मेन्टको हिस्सा ७ प्रतिशत रहेको छ । सन २०१३ देखि बंगलादेशको निर्यातमा ८० प्रतिशत हिस्सा ओगट्ने क्षेत्र नै उत्पादनमूलक उद्योग रहेको छ ।

बंगलादेश मुसलिन नामको मलमल निर्यात गर्नमा विश्वभरी प्रसिद्ध नै मानिन्छ । कुनै समय ढाकाको मलमल खरिद गर्न विश्वभरीबाट बंगलादेश जाने गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ८ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित