स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान « Khabarhub

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । गुणस्तरीय स्याउ उत्पादन गर्न उनीहरू बगैँचा व्यवस्थापनमा लागेका हुन् । 

विशेषगरी यो याममा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा किसान व्यस्त रहने गरेको तिला गाउँपालिका–१ का पदम बुढाले जानकारी दिए । 

जिल्लामा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काँटछाँट तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । 

बोटका फल टिपेलगत्तै यो समयमा काँटछाँट अत्यन्त महत्त्वपूर्ण मानिएको छ । प्रमुख अधिकारीले भने, ‘यतिबेला स्याउका बिरुवा सुषुप्त अवस्थामा हुने भएकाले काँटछाँट गर्न उपयुक्त हुन्छ ।’ 

यसै कारण अहिले किसानको बगैँचामै पुगेर स्याउका बगैँचा व्यवस्थापनका विषयमा जानकारी दिने उद्देश्यले अभियान सुरु गरिएको उनको भनाइ छ । 

अहिले काँटछाँट, सिँचाइ र मलखादको मात्रा मिलाउन सके उत्पादन राम्रो हुन्छ । स्याउमा लाग्ने रोग नियन्त्रणका लागि नीलोतुथो र चुनाको प्रयोग गर्न यहाँका किसानलाई अहिले सिकाउने काम भइरहेको छ । कार्यालयले यहाँका आठवटै स्थानीय तहका ६० वडामध्ये ३० वडामा पुगेर बगैँचा व्यवस्थापनको तालिम स्याउ किसानलाई दिने तयारी रहेको प्रमुख अधिकारीले बताए । 

स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन । यतिबेलाको समयमा स्याउको स्याहार नगरे गुणस्तर फल दिँदैन । रोगसमेत लाग्ने डर हुन्छ । जसका कारण समयमै स्याउ काँटछाँट गर्न लागेको तातोपानी गाउँपालिका–४ का प्रेम पाण्डेले जानकारी दिए  ।

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको गुनासो आएपछि यो वर्षदेखि किसानका बगैँचामै कृषि प्राविधिक खटाएर काम गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । 

जिल्लामा चार हजार ४४५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । यसै वर्ष मात्रै १७ हजार ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लाबाट मात्रै यस वर्ष रु ३१ करोड २९ लाख ८० हजारको स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित