जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित « Khabarhub

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित


८ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको पुनः सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले रिएक्टर ‘स्थिर’ भए पनि स्टार्टअपका क्रममा अनुगमन प्रणालीले अलार्म बजाएपछि सञ्चालन रोकिएको बताएको छ ।

सन् २०११ को फुकुसिमा प्रकोपपछि बन्द भएको निगाता प्रान्तको यो प्लान्ट बुधबार पुनः सुरु गरिएको थियो, जुन आणविक नियामकबाट अन्तिम स्वीकृति पाएपछि ढिलो सुरु भएको थियो । तर प्रारम्भिक सञ्चालनका क्रममा विद्युतीय उपकरणमा समस्या देखिएपछि रिएक्टरको नियन्त्रण रडहरू फिर्ता राखेर सुरक्षा उपायअनुसार सञ्चालन रोकिएको टेप्कोले जानकारी दियो । रिएक्टर ‘पूर्ण रूपमा स्थिर छ र बाहिर कुनै रेडियोधर्मी प्रभाव छैन’ ।

काशीवाजाकी–कारिवा संयन्त्रलाई विश्वकै सबैभन्दा ठूलो क्षमता भएको प्लान्ट मानिन्छ, तर सातमध्ये केवल एक रिएक्टर पुनः सुरु गरिएको हो । रिएक्टरको नियन्त्रण रडहरूले आणविक शृङ्खलाको प्रतिक्रियालाई नियन्त्रण गर्छन्, जसलाई आवश्यक अनुसार तीव्र वा ढिलो बनाउन वा पूर्ण रूपमा रोक्न सकिन्छ ।

सन् २०११ को ठूलो भूकम्प र सुनामीपछि फुकुसिमा तीन रिएक्टरहरू पग्लिएपछि जापानले लामो समयसम्म आणविक ऊर्जा प्लान्ट बन्द राखेको थियो । यद्यपि, ऊर्जा आवश्यकता र सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्यका कारण जापानले विस्तारै आणविक ऊर्जा पुनः सुरु गर्न खोजिरहेको छ ।

निगाता प्रान्तमा सर्वेक्षणअनुसार करिब ६० प्रतिशत बासिन्दाले पुनः सुरुको विरोध गर्दा ३७ प्रतिशतले समर्थन गर्छन् । स्थानीय बासिन्दा ७३ वर्षीय युमिको आबेले भने, ‘यो टोकियोको बिजुली हो, त्यसो भए यहाँका मानिसहरूलाई किन जोखिममा पार्ने ?’

यस महिनाको सुरुमा सात विरोध समूहले ४० हजारको हस्ताक्षरसहित निवेदन पेश गर्दै प्लान्टलाई सक्रिय भूकम्पीय जोनमा राखिएको र सन् २००७ को शक्तिशाली भूकम्पले त्यस क्षेत्रमा प्रभाव पारेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ४ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित