बागमती प्रदेश : छ महिनामा १७ अर्ब ४३ करोड राजस्व संकलन « Khabarhub

बागमती प्रदेश : छ महिनामा १७ अर्ब ४३ करोड राजस्व संकलन


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् रु १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।     

घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । 

दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२-८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन हुने अनुमान गरिएकामा साउन महिनादेखि पुस महिनासम्ममा लक्ष्यको ३१ दशमलव ४८ प्रतिशत अर्थात् नौ अर्ब ७२ करोड ५० लाख २८ हजार राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत केशव भण्डारीले जानकारी दिए । 

उनका अनुसार चालु आव २०८२-८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा छ महिनाको अवधिमा दुई अर्ब एक करोड ६६ लाख ९० हजार राजस्व संकलन भएको छ । 

यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२-८३ मा आठ अर्ब २५ करोड अनुमान गरिएकामा पुस महिनासम्ममा दुई अर्ब ६३ करोड ८३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । 

यस्तै प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा तीन अर्ब ६९ करोड ५४ लाख ९० हजार संकलन भएको छभने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु एक अर्ब २८ करोड १० लाख ८२ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा छ महिनाको अवधिमा त्यसको ३८ दशमलव ७८ प्रतिशत अर्थात् पाँच अर्ब ७४ करोड ७५ लाख ३० हजार प्राप्त भएको अधिकृत भण्डारीले बताए ।

यस्तै चालु आव २०८२-८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा छ महिनाको अवधिमा लक्ष्यको ३९ दशमलव १९ प्रतिशत अर्थात् एक अर्ब ८७ करोड २२ लाख ४५ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारी साधन खरिद–बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित