स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड : स्वास्थ्यमन्त्री शर्मा « Khabarhub

स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड : स्वास्थ्यमन्त्री शर्मा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले स्वास्थ्य क्षेत्रको समग्र सुधार र जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताएकी छन् ।

देशकै पहिलो छात्रा स्कुल ‘कन्या मन्दिर मावि’को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै स्वास्थ्यमन्त्री डा शर्माले शिक्षाबाट महिला वञ्चित भए घरपरिवार, समाज र देश नै पछि पर्ने भएकाले महिला शिक्षामा जोड दिएकी हुन् ।

मुलुकमा कूल जनसङ्ख्याको आधा हिस्साभन्दा बढी महिला रहेको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, ‘सहरबजारकै बासिन्दासमेत निरक्षर रहेको राणाकालीन समयमा खुलेको कन्या मन्दिर माविले महिलालाई साक्षर र सक्षम बनाउन अतुलनीय भूमिका निर्वाह गरेको छ । विसं २००४ मा स्थापना भई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट उत्पादित विद्यार्थीमध्ये धेरै जना दक्ष चिकित्सक, इञ्जिनीयर, उच्च ओहदाका राष्ट्रसेवका कर्मचारी, प्राध्यापक, उद्यमी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सफल भएका छन् । आफू पनि यसै विद्यालयको विद्यार्थी हुनुका नाताले कन्या मन्दिर माविप्रति सदैव गर्व गर्दछु । राम्रोसँग पढी देश र जनताप्रति समर्पित हुन सबै विद्यार्थीसँग अनुरोध गर्दछु ।’

सो अवसरमा मन्त्री डा शर्माले कक्षा ११ र १२ मा विज्ञान विषय लिई अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित रु पाँच लाख प्रदान गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आवश्यक स्रोतसाधनको व्यवस्थासहित शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउँदै गुणस्तरीय शिक्षाका पक्षमा खटिएर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताइन् ।
 
विद्यालयका प्रधानाध्यापक घनश्याम न्यौपानेले उत्कृष्ट नतिजासहित प्रवेशिका परीक्षामा निरन्तर बोर्डमा आउन सफल विद्यालयको शैक्षिक गुणस्तर क्रमशः खस्कन थालेकामा सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका अवस्थामा विद्यालय व्यवस्थापन समिति, आमअभिभावक, शिक्षक तथा कर्मचारीको सहयोगमा शतप्रतिशत नतिजासहित देशकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सफल भएको बताए ।

काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीमा रहेको सो विद्यालयमा हाल एक हजार २०० छात्राले अध्ययन गरिरहेको र गत एसइईको परीक्षामा एक विद्यार्थीले चार जिपिएसहित सबै उत्तीर्ण भएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।   

सो विद्यालयको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारी र एसइईलगायत परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित