सी नेपाल आउनुअघि अमेरिकी दूतावासको भिडियो सन्देश : इन्डो–प्यासिफिक नीति कसै विरुद्ध होइन « Khabarhub

सी नेपाल आउनुअघि अमेरिकी दूतावासको भिडियो सन्देश : इन्डो–प्यासिफिक नीति कसै विरुद्ध होइन


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित अमेरिकी राजदूतावासले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) नीति बारे बुझौं भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।

दूतावासले सार्वजनिक गरेको भिडियोमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले इन्डो–प्यासिफिक नीति के हो ? यसले के गर्छ ? केका लागि अवलम्बन गरिएको नीति हो ? लगायतका विषयमा जानकारी दिएका छन् । यो भिडियो चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको ठीक एक दिनअघि शुक्रबार सार्वजनिक भएको हो ।

उनले भनेका छन्, ‘इन्डो–प्यासिफिक नीति केहो भन्ने कुरा तपाईंले प्रत्यक्ष रुपमा मबाट सुन्नु महत्वपूर्ण छ । पहिलो कुरा यो एसिया प्रशान्त क्षेत्रमा अमेरिकी नीतिको नाम मात्रै हो । यो नीतिले यस क्षेत्र विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशासित रहन्छ भन्ने सुनिश्चित गर्नमा हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ । हामी यस क्षेत्रप्रति प्रतिबद्ध छौँ । हामी यहाँ सधैँका लागि छौँ । र हामी सधैँ स्वतन्त्र, निष्पक्ष र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको सम्मान र समर्थन गर्ने छौं भनी बताउने तरिका नै इन्डो–प्यासिफिक नीति हो । दोस्रो न त आवद्ध हुनुपर्ने यो कुनै क्लब हो, न त सही गर्नु पर्ने कुनै कागजात नै छ यसमा ।’

र्‍याण्डीले भिडियोमा भनेका छन्, ‘इन्डो–प्यासिफिक नीति कुनै सम्झौता होइन । न त कुनै संगठन नै । कसैलाई बहिस्कार गर्न बनाइएको नीति होइन यो । यस क्षेत्रका सबै देशहरु माझ सार्वभौमिकताको सम्मान र विधिको शासनमा एमसीसी कम्प्याक्ट परियोजनामार्फत प्रस्ताव गरिएका सम्भावना र त्यसमा भएका निरन्तर प्रगति अमेरिकी सरकारको आदानप्रदान कार्यक्रम अन्तर्गत अध्ययनरत, तालिम र भ्रमण गरेका हजारौँ नेपालीहरु, ऐतिहासिक सम्पदाको पुनस्थापना यस नीति अन्तर्गत हामीले उल्लेख गर्ने मूल्यमान्यता तथा सिद्धान्तहरुलाई मूर्त रुप दिने धेरै उदाहरणमध्ये यी केही मात्रै हुन् । यसलाई जे नाम दिएता पनि नेपालप्रतिको हाम्रो प्रतिबद्धता सदैव दृढ रहेको छ र रहिरहने छ ।’

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सार्वजनिक गरेको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) राणनीतिसम्बन्धी प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्दैछ। यसमा नेपालसहित हिन्द–प्रशान्त क्षेत्रका १२ मुलुक छन् । पेन्टागनका अनुसार अमेरिकाले ग्लोबल पिस अपरेसन इनिसिएटिभमार्फत नेपाल, भारत, बंगलादेश, कम्बोडिया, फिजी, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, थाइल्याण्ड, टोंगा र भियतनामसँग सैन्य साझेदारी विस्तार गर्नेछ।

बेरीले सार्वजनिक गरेको भिडियो हेर्नुहोस्

प्रतिवेदनमा अमेरिकाले नेपाल र श्रीलंकालाई उसको हिन्द–प्रशान्त रणनीतिका नयाँ साझेदार सदस्य भने पनि नेपाल भने अहिलेसम्म आफ्नो तर्फबाट स्पष्ट धारणा राखेको छैन ।

नेपालले अहिलेसम्म यी दुवै राष्ट्रको नीतिबारे तटस्थता देखाउँदै आएको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी राजदूतबाट आफ्नो इन्डो–प्यासिफिक नीतिबारे जानकारी दिने भन्दै भिडियो सार्वजनिक हुनुलाई ‘चीनकोभन्दा अमेरिकी इन्डो–प्यासिफिक नीति राम्रो छ’ भन्ने देखाउन खोजिएको जानकारहरु बताउँछन् ।

कतिपय बैदेशिक मामिला सम्बन्धी जानकारहरुले चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको अघिल्लो दिन सार्वजनिक भएको राजदूतको भनाइले नेपाललाई अमेरिकाप्रति नजिक हुन सांकेतिक अभिव्यक्ति दिएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा ‘एक पाटो, एक बाटो (वान बेल्ट, वान रोड) भनेर पहिलोपटक बेल्ट तथा रोड इनिसिएटिभ शुरु गरेका थिए। जानकारहरुका अनुसार राष्ट्रपति सीले रेल, रोड, जलयातायातलगायत पूर्वाधारको विकास गरी चीनले आफ्नो प्रभाव विश्वभर फैलाउने उद्देश्य अनुरुप यो (वान बेल्ट, वान रोड) नीति ल्याएका हुन् ।

हाल उनै राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा अमेरिकी राजदूतावासबाट (इन्डो–प्यासिफिक) नीतिसम्बन्धी जानकारी दिन भन्दै भिडियो सार्वजनिक भएको हो । भिडियोमा अमेरिकी राजदूत बेरीले (इन्डो–प्यासिफिक) नीति कसैलाई बहिस्कार गर्न बनाइएको नीति नभएको बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १२ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित