‘जी ले जरा’ फिल्म बन्द भएको छैन : फरहान अख्तर « Khabarhub

‘जी ले जरा’ फिल्म बन्द भएको छैन : फरहान अख्तर


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका बहुप्रतिक्षित निर्देशक र अभिनेता फरहान अख्तरले आफ्नो आगामी फिल्म ‘जी ले जरा’   सम्बन्धमा स्पष्ट पारेका छन्। 

प्रशंसकहरूलाई लामो समयदेखि अपडेट नआएकोले यो फिल्म स्थगित भइसकेको भन्ने चर्चा चलेको थियो। तर फरहानले हालैको अन्तर्वार्तामा भने, ‘ूफिल्म बन्द भएको छैन, केवल अलिकति पछि सारिएको छ।’

भारतीय पोडकास्टमा निर्देशक फरहानले बताए कि फिल्मको लोकेशन स्काउटिङ र संगीत रेकर्डिङ पूरा भइसकेको छ। फरहानले थपे, ‘यो स्क्रिप्ट साँच्चिकै राम्रो  छ। यसमा पहिले नै धेरै काम भइसकेको छ।’

तर एक विषयले प्रशंसकहरूलाई अलिकति अनिश्चित बनाउँछ। प्रारम्भमा फिल्ममा चर्चित कलाकार प्रियंका चोपड़ा जोनास, आलिया भट र कत्रिना कैफलाई कास्ट गरिएको थियो। फरहानले भने, ‘म अब कास्टको बारेमा केही भन्न सक्दिनँ‘ तर फिल्म अवश्य हुनेछ।’ यसको अर्थ हो कि मूल कास्ट परिवर्तन हुन सक्ने सम्भावना छ।

यसैबीच, फरहान हाल आफ्नो अर्को फिल्म ‘१२० बहादुर’ को प्रचारमा व्यस्त छन्। यस फिल्ममा फरहान मेजर शैतान सिंह भाटीको भूमिका निभाउनेछन्, जो वास्तविक जीवनका नायक र परमवीर चक्र विजेता हुन्। फिल्म १९६२  को प्रसिद्ध रेजाङ ला युद्धमा आधारित छ, जहाँ मेजर सिंह  ले १३  कुमाऊँ रेजिमेन्टका १२०  सैनिकसहित विशाल चिनियाँ सेनासँग बहादुरीपूर्वक लडे।

अभिनय बाहेक, फरहान ‘डन ३’  पनि निर्देशन गर्दैछन्। यस फिल्ममा चर्चित कलाकार रणवीर सिंह मुख्य भूमिकामा  र कृति सेन उनको साथमा देखिनेछिन्। फरहानका यी प्रोजेक्टहरू सँधै दर्शकहरूको उच्च अपेक्षा अनुसार नयाँ शैली र रोचक कथावस्तु लिएर आउँछन्।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित