राजेन्द्र लिङ्देन भन्छन् : ८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ « Khabarhub

राजेन्द्र लिङ्देन भन्छन् : ८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ


१४ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उनले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताए ।

अध्यक्ष लिङ्देनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गरे । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिविरुद्ध पार्टीभित्र र बाहिर राप्रपाले कुनै सम्झौता नगर्ने धारणा राखे । पार्टीभित्र अनुशासन नमान्ने र अवसर मात्र खोज्नेहरू अब सचेत हुनुपर्ने उनको भनाइ छ ।

“राप्रपा एउटा पार्टी मात्र होइन, भ्रष्टाचारविरुद्धको अभियान पनि हो । पार्टी बलियो भएमा मुलुक समृद्ध बन्छ । राप्रपा भ्रष्टाचार र भ्रष्ट व्यवस्थाविरुद्ध सदैव उभिने छ”, अध्यक्ष लिङ्देनले भने ।

राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मुलुकको अवस्था बदल्न देशको व्यवस्था बदल्नुपर्ने खाँचो औँल्याए। “हाम्रा पुस्ताका लागि पनि मुलुकको अवस्था र व्यवस्था दुवै बदल्नुपर्ने जरुरी छ, यसका लागि पार्टीले सडक र सदनबाट अगुवाइ गर्नेछ ।”

पार्टीकी केन्द्रीय सदस्य खुश्वु ओलीले हाम्रै पालामा देश बनाउने हो भने राप्रपाले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखे। अधिवेशनले केशव ओझाको अध्यक्षता जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ८ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित