एमालेमा धमाधम प्रदेश कमिटी बैठक, कोशीपछि सुदूरपश्चिम पुग्दै महासचिव पोखरेल « Khabarhub

एमालेमा धमाधम प्रदेश कमिटी बैठक, कोशीपछि सुदूरपश्चिम पुग्दै महासचिव पोखरेल


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल आगामी भदौ १ गते सुदूरपश्चिम आउने भएका छन्।

कञ्चनपुरमा भदौ १ गते आयोजना हुने प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन र २ गते प्रदेश कमिटीको आठौँ बैठकमा सहभागी हुने उद्देश्यले उनको सुदूरपश्चिम भ्रमण तय भएको महासचिवको सचिवालयले जनाएको छ।

यसअघि मंगलबार मात्रै महासचिव पोखरेलले धनकुटाको हिलेमा पुगेर कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गरेका थिए । उनले त्यहाँ पूर्वराष्ट्रपतिबारेमा पार्टीले निर्णय गरिसकेकाले अब यसमा नअल्झिन भनेका थिए ।

प्रदेश सचिव रणबहादुर चन्द्रका अनुसार पोखरेल भदौ २ गते जिल्ला तथा २ गते प्रदेश कमिटी बैठकमा सहभागी भई सम्बोधन गर्नेछन्। उनका अनुसार, ‘यो भ्रमण केवल औपचारिक बैठक मात्र नभई पार्टीको संगठनात्मक दिशा र आगामी रणनीति तय गर्ने दृष्टिले महत्वपूर्ण छ।’

पछिल्ला दिनमा एमालेभित्र देखिएका राजनीतिक उतारचढाव, संगठनभित्रको शक्ति सन्तुलन र प्रदेशस्तरीय सक्रियतालाई मध्यनजर गर्दै महासचिवको सुदूरपश्चिम आगमनलाई विश्लेषकले विशेष नजरमा हेरेका छन्। सुदूरपश्चिम एमालेका लागि भौगोलिक मात्र नभई राजनीतिक दृष्टिले पनि संवेदनशील क्षेत्र मानिन्छ।

यसअघि पनि सुदूरपश्चिमलाई शीर्ष नेतृत्वले प्राथमिकतामा राख्दै आएको छ। गत साता स्थायी कमिटी सदस्य भानुभक्त ढकाल प्रेस चौतारीको बैठकमा सहभागी हुन आएका थिए। त्यसको केही दिनमै महासचिवको यात्रा तय हुनु सुदूरपश्चिममा एमालेको उपस्थिति बलियो बनाउने योजनाको संकेत हो।

पूर्वराष्ट्रपतिलाई रोक्ने विवादमा सुदूरपश्चिमकै नेता तथा पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले निरन्तर आवाज उठाइरहेका छन्।

यस मुद्दामा प्रदेशस्तरीय नेतृत्वको भूमिकाले एमालेको आन्तरिक निर्णय र रणनीतिमा प्रभाव पार्ने सम्भावना रहेको विश्लेषण छ। महासचिवको भ्रमण यस विषयमा नेतृत्वको धारणा स्पष्ट गर्ने अवसर पनि बन्न सक्छ।

आगामी स्थानीय र प्रदेश निर्वाचनको दृष्टिले पनि यो यात्रा महत्वपूर्ण देखिन्छ। बैठकमार्फत् संगठनको संरचना मजबुत पार्ने, असन्तुष्ट समूहलाई सम्बोधन गर्ने र सुदूरपश्चिममा पार्टीको भविष्यको बाटो तय गर्ने मुख्य एजेन्डा रहने अनुमान गरिएको छ।

राजनीतिक विश्लेषकको भनाइमा, ‘यो भ्रमण केवल औपचारिकता होइन, यसमा आगामी वर्षको संगठनात्मक रोडम्याप, आन्तरिक समन्वय र प्रदेशस्तरको सन्देश प्रष्ट पार्ने प्रयास हुने देखिन्छ।’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित