विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति   « Khabarhub

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति  


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताएका छन् ।

 नेपाल कानून व्यवसायी परिषद्को ३२ औं स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरालाई बिर्सन नमिल्ने बताए। 

उनले भने– ‘विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।’

राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भएपनि कानून व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे। नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनामा कानून व्यवसायीले पुर्याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उनले विश्वास व्यक्त गरे।  

राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आवश्यक पर्ने बताए। 

उनले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरुप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवम् यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता वहन गर्ने कानून व्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताए। 

राष्ट्रपति पौडेलले परिषद्ले कानून व्यवसायीको इजाजत प्राप्तिको लागि लिने परिक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानून व्यवसायीको क्षमतालाई सिधै प्रतिविम्बित गर्ने भन्दै व्यावसायिक आचरणको अक्षरशः पालनाले यो पेशाको मर्यादा अभिवृद्धि गर्ने हुँदा यसको पालना भए नभएको निरन्तर निगरानी गर्नेतर्फ परिषद् सचेत र चनाखो रहनुपर्ने सुझाव दिए । 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित