ज्येष्ठ नागरिक जीवित प्रतिमूर्ति र इतिहास हुन् : राष्ट्रपति भण्डारी « Khabarhub

ज्येष्ठ नागरिक जीवित प्रतिमूर्ति र इतिहास हुन् : राष्ट्रपति भण्डारी


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक सिंगो राष्ट्रको अनुभवका जीउँदो प्रतिमूर्ति र इतिहास भएको बताएकी छिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजना गरेको २९ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपतिले ज्येष्ठ नागरिकको अनुभवले आउँदो पुस्ता लाभान्वित हुने अवसर मिलाउनुपर्नेमा जोड दिइन ।

“जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो, ज्ञान र सीपलाई समाजोपयोगी कार्यमा लगानी गर्नुभएका ज्येष्ठ नागरिक राष्ट्रका धरोहरका रुपमा आदरणीय हुनुहुन्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “परिवारको लालनपालन, समाज सुधार र राष्ट्र उत्थानमा ज्येष्ठ नागरिकले पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्न चाहन्छु ।”

राष्ट्रपति भण्डारीले नेपालको संविधानले पनि ज्येष्ठ नागरिकको सम्मान गरेको र मुलुकको सांस्कृतिक मूल्यमान्यता ज्येष्ठ नागरिकप्रति सम्मानजनक रहेको उल्लेख गरिन् । अग्रजबाट आशीर्वाद ग्रहण गर्नु नेपाली समाजको संस्कार हो भन्दै राष्ट्रपति भण्डारीले परिवारमा हजुरबाबा, हजुरआमा, बाबुआमा र नातिनातिना तीन पुस्ता मात्र नभई चार/पाँच पुस्ता एउटै परिवारमा बस्ने परम्परालाई कायम राख्नसके ज्येष्ठ नागरिकको आत्मसम्मान, सुरक्षाको प्रत्याभूति र आत्मविश्वास बढाउन सकिने विश्वास व्यक्त गरिन् ।

उनले नेपालमा २०५१ सालदेखि सामाजिक सुरक्षाका रुपमा शुरु गरिएको वृद्धभत्ता वृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि बढाउँदै लैजानुपर्नेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन् ।

राष्ट्रपति भण्डारीले सार्वजनिकस्थल र सवारी साधन ज्येष्ठ नागरिकका लागि सहज खालको बनाउनुपर्ने बताउँदै उहाँले बालबालिकालाई आफ्ना अभिभावकबाट छुट्टाएर आवासीय विद्यालयमा राख्ने र सम्मान गर्नुपर्ने ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा राख्ने प्रचलनलाई हटाउनुपर्ने बताइन् ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रको धरोहर ज्येष्ठ नागरिकलाई उचित सुरक्षा र सम्मान दिनका लागि प्रधानमन्त्रीले आजैको शुभकामना सन्देशमा रु तीन हजार रहेको ज्येष्ठ नागरिक भत्तालाई रु पाँच हजार बनाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

उनले सार्वजनिक सवारी साधन र हवाइ टिकटमा समेत उनीहरुलाई छुट दिने सरकारले व्यवस्था गरिरहेको बताउँदै प्रेरणाको स्रोत ज्येष्ठ नागरिकको पालनपोषणमा ध्यान दिन सबैलाई आग्रह गरे ।

प्रतिनिधिसभा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति निरुदेवी पालले बाबुआमालाई पैसाभन्दा पनि माया र सम्मान जरुरी भएको उल्लेख गर्दै ज्येष्ठ नागरिक विधेयक १०/२० वर्ष लामो समयसम्म काम लाग्ने गरी संशोधन गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकको हकसम्बन्धी व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक ऐन, २०६३ संशोधनका क्रममा छ ।

संयुक्त राष्ट्र संघले सन् १९९१ अक्टोबर १ तारीखलाई विश्वभरि नै ज्येष्ठ नागरिक मनाउने घोषणा गरेसँगै सन् १९९६ देखि नेपालमा पनि मनाउन शुरु गरिएको हो ।

यस वर्ष ‘उमेरजन्य विभेदको अन्त्य गरौँ’ भन्ने नाराका साथ विश्वभरि यो दिवस मनाइएको छ । विश्वमा कूल जनसङ्ख्यामा ६० वर्षभन्दा माथिका १३ प्रतिशत तथा नेपालमा ८.२६ प्रतिशत ज्येष्ठ नागरिक छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित