नेकपा बहुमतमा विवाद : कालोमोसोदेखि कुटाकुटसम्म, नेताहरूमाथिको कारबाही फुकुवा « Khabarhub

नेकपा बहुमतमा विवाद : कालोमोसोदेखि कुटाकुटसम्म, नेताहरूमाथिको कारबाही फुकुवा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले दुई पोलिटब्युरो सदस्यसहित सातजना केन्द्रीय सदस्यको कारबाही फुकुवा गरेका छन् ।

बास्तोलाले सोमबार एक परिपत्र जारी गर्दै यसअघि कारबाहीमा परेका नेताहरूलाई तोकिएको जिम्मेवारीमा फर्किन सर्कुलर पठाएर निर्देशन दिएका छन् ।

यही साउन १४ गते पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बसिरहेको अवस्थामा होहल्ला तथा अस्वभाविक अवस्था सिर्जना गरेको भन्दै नेकपा बहुमतले पोलिटब्युरो सदस्य पूर्ण बिक र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको थियो ।

यस्तै पोलिटब्युरो सदस्य सागर लिम्बू, केन्द्रीय सदस्यहरू हरि श्रेष्ठ, कृष्ण शाह, नेत्र रानाभाट, दर्शन नेपाली, बद्री अधिकारी र विक्रम पौडेललाई अनिश्चित कालका लागि निलम्बन गरिएको थियो ।

उनीहरूलाई अराजकता र अनुशासन हीनता प्रदर्शन गर्दै हुलदङ्गा, नाराबाजी र कुटपिटमा संलग्न भएको आरोप लगाइएको थियो । बैठककै क्रममा पक्ष विपक्षमा कुटाकुट र कालोमोसो दल्ने काम समेत भएको थियो ।

नेताहरूलाई कारबाही गरिएपछि त्यसको पक्ष र विपक्षमा पार्टीमा दुई धार देखा परेको थियो । ९८ जना केन्द्रीय सदस्य रहेको बहुमत पार्टीका ६४ जना बढी सदस्यले उक्त कारबाही गलत भएको भन्दै कारबाही फिर्ता नलिए पार्टी फुट्ने धम्की समेत दिएका थिए ।

३२ जना केन्द्रीय सदस्यले सामूहिक हस्ताक्षर गर्दै सार्वजनिक वक्तव्य नै जारी गरेर कारबाही फिर्ता लिन माग गरेका थिए भने पार्टीका ९ वटा जनवर्गीय सङ्गठनले समेत कारबाही फिर्ता हुनुपर्ने अडान लिएका थिए ।

पार्टीभित्रको चौतर्फी दबाबपछि महासचिव बास्तोलाले सोमबार यसअघिको कारबाही फुकुवा गरिएको परिपत्र जारी गरेका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित