ठाकुर गैरेको तर्क- संसद् बहिष्कारले निकास दिँदैन, संवादमा बसौँ « Khabarhub

ठाकुर गैरेको तर्क- संसद् बहिष्कारले निकास दिँदैन, संवादमा बसौँ


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा बहिष्कार गर्ने अभ्यासले जनताका समस्या समाधान नहुने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवाद, प्रतिवाद र सहमतिको माध्यम संसद् नै भएको स्मरण गराए ।

जनताले चिताएका परिवर्तनहरू संसद्भित्रैबाट अघि बढ्नुपर्ने धारणा राखे।‘संसद् वाद गर्ने ठाउँ हो, प्रतिवाद गर्ने ठाउँ हो, संवाद गर्ने ठाउँ हो, निकास निकाल्ने ठाउँ हो,’ सांसद गैरेले भने, ‘तर अहिले हामी उल्टो दिशामा गइरहेका छौँ। नीति निर्माणको थलोलाई निरन्तर आरोप–प्रत्यारोप र अवरोधले घेरेर जनताको हित हुँदैन।’

उनले सभामुखलाई लाञ्छित गर्ने, प्रधानमन्त्रीलाई आरोप लगाउने शैलीमा संसद् चलाउनु स्वस्थ अभ्यास नभएको बताए। संसद् सबैको साझा थलो भएकाले त्यसलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनले बताए ।

सांसद गैरेले सदनमार्फत जनताका जीवनसँग जोडिएका विधेयकहरू अघि बढाउन ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे।

शिक्षा विधेयक, निजामती सेवा विधेयक, प्रहरी सेवा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू सरोकारवालासँग प्रतिबद्धता जनाए पनि समयमै पास हुन नसकेको उनले स्मरण गराए।

गैरेले जलवायु परिवर्तनका असर र सामाजिक सुरक्षाजस्ता विषय संसदमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

‘जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्र प्रभावित छन्, यसलाई सम्बोधन गर्न कानुनी संरचना आवश्यक छ, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफैँ वडा कार्यालय धाउनु पर्ने अवस्थाले समस्या थपिएको छ, यस्तो कार्य प्रणालीलाई कानुनीरूपमै सरल बनाउनुपर्छ’, उनले भने । 

संसद् जनताका प्रतिनिधिहरूको मञ्च भएकाले जनताका चासो र सरोकारका विषयमा ज्वलन्त छलफल हुनुपर्नेमा उनले जोड दिए ।

संसद्मा निरन्तर बहिष्कार, नाराबाजी र अवरोधले एक पक्षलाई दोषी ठहर गर्दै टाउकोमा दोष थोपरेर हिँड्दा समाधान नआउने भन्दै उनले सबै राजनीतिक दलहरूलाई जिम्मेवार हुन आह्वान गरे ।

गैरेले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन केही शक्ति लागिपरेको उल्लेख गर्दै गणतन्त्र पक्षधरहरू एकजुट हुनुपर्ने बेला आएको बताए।

‘आज लोकतान्त्रिक व्यवस्थामाथि आघात गर्ने प्रयास भइरहेका छन्, स‌विधान कार्यान्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा अघि बढ्न सबै शक्ति एक ठाउँमा उभिनुपर्छ’, उनले भने ।

नेपालप्रति निराशा फैलाउने, ‘नेपालमा केही छैन’ भन्ने भ्रम सिर्जना गरेर भोट खोज्ने प्रवृत्तिप्रति सचेत रहन उनले आग्रह गरे । यस्ता भ्रम फैलाउने दुष्साहसले मुलुक र जनतालाई धोका दिने उनले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित