गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग « Khabarhub

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा  पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

यही साउन ११ गते मोरङका दुई युवा डुबेको घटनाबाट पाठ सिकी गोसाइँकुण्डमा डुङ्गासहित गोताखोर परिचालन गर्नुपर्ने आवाज उठेको हो ।
 
रसुवा जिल्लास्थित नागरिक समाजका अगुवा सम्मिलित एक टोलीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेर तीर्थयात्री तथा स्थानीय जनताको रक्षाका लागि गोताखोरको व्यवस्था गरिदिन जोडदार माग गरेको छ ।
 
जनैपूर्णिमा पर्वका अवसरमा हरेक वर्ष साउनको एकादशी देखिनै पवित्र कुण्डमा तीर्थयात्रीले स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको सन्दर्भमा सम्भावित दुर्घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगाउन आकस्मिक उद्धारका लागि गोताखोरको व्यवस्था गरिदिन सशस्त्र प्रहरी बलसमक्ष नागरिक समाजको तर्फबाट आग्रह गरिएको हो ।   

अग्लो स्थानमा अवस्थित कुण्डको पानी अत्यन्त चिसो रहेको र कुण्ड परिसरको केही भागको छेउमा नै गहिरो भएकाले सम्भावित दुर्घटनाबाट हुने क्षतिबाट जोगिन डुङ्गासहित गोताखोर आवश्यक भएको टोलीले बताएको छ  ।

यसअघि त्रिशूली नदीको दोभान बेत्रावतीमा सशस्त्र प्रहरीले डुङ्गासहित गोताखोरको व्यवस्था गरेजस्तै गरी  गोसाइँकुण्डमा पनि गोताखोरको व्यवस्था गर्न अनुरोध गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । 

यसैगरी गोसाइँकुण्डमा भक्तजन डुब्ने, बाटोमा पर्ने जङ्गल क्षेत्रमा हराएर यात्रीले दुःख व्यहोर्नपर्नेलगायतका समस्या समाधानका लागि दीर्घकालीन कार्ययोजनासहित लाङ्टाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड क्षेत्र विकास समितिले आवश्यक पहल गर्नुपर्ने ठूलोभार्खुका फूर्पाठिले तामाङ बताउँछन् ।

पवित्र गोसाइँकुण्डमा परापूर्वकालदेखि नै स्वस्तपूर्ववत ढङ्गबाट निरन्तर रूपमा चल्दै आएको  धार्मिक तथा पर्यटकीय यात्राको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारी तहबाटै आवश्यक नीति तयार गरी जनताको जिउधनको सुरक्षा गर्नुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन् ।   

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित