सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै   « Khabarhub

सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै  


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानको कालो हरिण (ब्ल्याकबक) सिकार मुद्दाले २५ वर्ष पूरा गरिसकेको छ, तर यसको अन्तिम नतिजा अझै टुङ्गिएको छैन। अभिनेता सलमान खानले कालो हरिण शिकार मुद्दामा आफूलाई सुनाइएको पाँच वर्षको जेल सजायविरुद्ध राजस्थान उच्च अदालतमा दिएको अपिलमाथि आगामी असोजमा सुनुवाइ हुने भएको छ।

सन् १९९८ मा सुरु भएको यो विवाद बलिउड मात्र नभई सम्पूर्ण कानुनी र सामाजिक जगतमा चर्चा को केन्द्रबिन्दु बनेको छ। यो मुद्दामा सलमान खानसहित कलाकारहरू सैफ अली खान, सोनाली बेंद्रे, तब्बु र नीलम पनि जोडिएका थिए । धेरै कलाकार जोडिएकाले पनि यो घटना थप संवेदनशील बनेको छ । 

घटनाक्रम सुरु भयो सेप्टेम्बर १६, १९९८ मा, जब फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा जोधपुर नजिकै मथानिया गाउँको बावड क्षेत्रमा सलमानले दुईवटा चिङ्कारा (वनहरिण) सिकार गरेको आरोप लाग्यो। त्यसपछि सेप्टेम्बर २८ मा उनले फेरि घोडा फार्ममा अर्को चिङ्कारा मारेको भन्ने हल्ला सनसनी फैलियो। यस घटनाप्रति संवेदनशील रहेको बिश्नोई समुदायले अक्टोबर २ मा उजुरी दर्ता गर्‍यो । अक्टोबर १२ मा गिरफ्तारीमा परेका सलमान केही दिनमै धरौटीमा रिहा भए ।

अदालतले यो मुद्दालाई गम्भीरतापूर्वक लिएर अप्रिल १०, २००६ मा सलमान खानलाई वन्यजन्तु संरक्षण ऐन अन्तर्गत दोषी ठहर गर्दै पाँच वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो। तर यो फैसला विरुद्ध सलमानले उच्च अदालतमा अपील दायर गरे। अगस्ट ३१, २००७ मा राजस्थान उच्च अदालतले सजाय निलम्बन गर्दै विदेश जानुअघि अनुमति लिनुपर्ने आदेश जारी गर्‍यो र हातहतियार ऐन अन्तर्गतको मुद्दा खारेज गर्‍यो।

जुलाई २५, २०१६ मा उच्च अदालतले सलमानलाई सिकार मुद्दामा प्रमाण अभावको आधारमा सफाइ दियो, जसले सबैलाई अचम्मित बनायो। यद्यपि राज्य सरकारले यो फैसला सर्वोच्च अदालतमा चुनौती दियो र नोभेम्बर ११, २०१६ मा छिटो सुनुवाइका लागि स्वीकृति  पायो।

अप्रिल ५, २०१८ मा जोधपुरको एक अदालतले सलमान खानलाई पुनः पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना सुनायो भने अरु कलाकारहरूलाई बेकसुर ठहर गर्‍यो। दुई दिनपछि सलमान धरौटीमा रिहा भए। पछि फेब्रुअरी २०२१ मा राज्य सरकारले सलमानमाथि झूटो कसम खाएको दाबी गर्दै नयाँ मुद्दा दायर गर्‍यो, तर अदालतले उक्त दाबी खारेज गर्‍यो। मार्च २१, २०२२ मा राजस्थान उच्च अदालतले दुई अन्य मुद्दालाई पनि मुख्य मुद्दासँग जोडेर एकैसाथ सुनुवाइ गर्ने अनुमति दियो। 

भारतीय मिडियाका अनुसार, आगामी सेप्टेम्बर २२, २०२५ मा राजस्थान उच्च अदालतले सलमान खान र राज्य सरकार दुवैको अपीलमा सुनुवाइ गर्ने तयारी गरिरहेको छ। यो फैसला न केवल सलमानको कानूनी यात्राको निर्णायक मोड हुनेछ, तर भारतीय न्याय प्रणालीमा लामो समयदेखि चलेको एउटा संवेदनशील मुद्दाको अन्त्य हुने अपेक्षा छ । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १० : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित