प्यूठान नगरपालिकामा विद्यालय सुधार अभियान « Khabarhub

प्यूठान नगरपालिकामा विद्यालय सुधार अभियान


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– विद्यालयको गुणस्तर सुधार गर्न प्यूठान नगरपालिकाले अभियान सुरु गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले परीक्षामा न्यून विद्यार्थी उत्तीर्ण भएका विषय शिक्षक, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग छलफल गरिरहेको छ । 

नगर शिक्षा समितिको बैठक तथा प्रधानाध्यापकहरूसँंगको बैठकको निर्णयअनुसार अभियानअन्तगर्त छलफलहरू अघि बढाइएको प्यूठान नगरपालिकाले जनाएको छ ।प्यूठान नगरपालिकामा रहेका ४९ विद्यालयमा कक्षा ५ र कक्षा ८ को परीक्षामा ७५ प्रतिशतभन्दा कम नम्बर ल्याउने तथा कक्षा १० मा विषयगत हिसाबले ९० प्रतिशतभन्दा कम नम्बर ल्याउने विषयका १३१ विषय शिक्षकहरूसँग दुई चरणमा छलफल गरिएको छ । 

ती विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरूसँग दुई चरणगरि चार चरणमा अभियान सफल बनाउन छलफल गरेर विद्यार्थी उत्तीर्ण हुन नसक्नुको कारणबारे छलफल सम्पन्न गरेर लिखित प्रतिबद्धतासमेत ल्याइएको पालिकाले जनाएको छ । 

चालु शैक्षिक सत्रमा विद्यार्थीलाई पास गराउन शिक्षक, विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा प्यूठान नगरपालिकाले गर्नुपर्ने कामको विषयमा पनि छलफल भएको र प्राप्त सुझाव कार्यान्वयनमा अगाडि बढाउने नगरपालिकाले प्रतिवद्धता जनाएको नगर उपप्रमुख देवेन्द्र बर्माले बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग समेत नगरपालिकाले लिखित प्रतिवद्धता लिएको छ । कुल विद्यालय मध्य १–५ का ८१ शिक्षक, ६-८ का ३९ शिक्षकर ९–१० का ११ शिक्षक, विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरूसँग छलफल गरिएको उपप्रमुख बर्माले बताए । 

उनका अनुसार चालु शैक्षिक सत्रदेखि उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कार र कमजोर नतिजा ल्याउनेलाई सचेत गराउने उद्देश्यअनुसार अभियान सञ्चालन गरिएको पालिकाले जनाएको छ । पुरस्कार र सचेतनाको दायरा फराकिलो पार्न शिक्षक र विद्यालय व्यवस्थापन समितका तर्फबाट सुझाव प्राप्त भएको बर्माको भनाइ छ ।

गत शैक्षिक सत्रमा प्यूठान नगरपालिकाले सबै विद्यालयका ८ र १० कक्षाका विद्यार्थीको अतिरिक्त कक्षा सञ्चालनका लागि थप १७ लाख विद्यालयहरूमा पठाएको थियो । ‘हामीले चालु शैक्षिक सत्रमा ५ कक्षालाई समेत त्यसमा जोड्ने योजना बनाएको छौँ,’प्यूठान नगरपालिका प्रमुख विष्णुबहादुर योगीले भने, ‘जग बलियो नभई शिक्षाको गुणस्तर राम्रो नहुने भएकाले हामीले यसरी शिक्षा क्षेत्र सुधार गर्न अभियान सञ्चालन गरेका हौँ ।’

गत वर्ष ६८.४४ प्रतिशतसहित एसईईमा जिल्लाको सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको प्यूठान नगरपालिकाले यस वर्ष कक्षा ५, ८ र १० मा त्योभन्दा उत्कृष्ट नतिजा ल्याउन वर्षभरि खट्ने जनाएको छ । ‘हामी निरन्तर अनुगमन, सुपेरिवेक्षण र पृष्ठपोषण गरेर विद्यालयको नतिजा उत्कृष्ट बनाउन खट्ने छौँ,’ नगर शिक्षा शाखा प्रमुख बासुदेव पण्डितले भने, ‘अनुगमन र सुपरीवेक्षण प्रमुख जिम्मेवारी हो, हामी गछौँ ।’

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित