मुख्यमन्त्री पाण्डेको चीन भ्रमण : व्यापार र पर्यटनमा सहकार्यको प्रस्ताव « Khabarhub

मुख्यमन्त्री पाण्डेको चीन भ्रमण : व्यापार र पर्यटनमा सहकार्यको प्रस्ताव


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छिमेकी मुलुक चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । 

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेशका अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री पाण्डेले त्यहाँ रहँदा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का महासचिव वाङ जुनझेङसँग भेटवार्ता गरेका थिए। 

भेटका क्रममा उनले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्धनका लागि सहकार्यको प्रस्ताव गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

तिब्बत नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका सहरहरुबाट काठमाडौँ र पोखरामा सीधा हवाई उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबीच लगानी र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिएका थिए ।   

नेपाली र चिनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिसा र प्रवेशपास उपलब्धतामा सहजीकरण र सहकार्य गर्नेलगायतका विषयमा महासचिव जुनझेङ र मुख्यमन्त्री पाण्डेबीच कुराकानी भएको प्रेस संयोजक सापकोटाले बताए। 

सो अवसरमा मुख्यमन्त्री पाण्डेले तिब्बत सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग, चीन सरकारको अनुदान र सहयोगमा निर्माण भएका पूर्वाधार, पर्यटन प्रवर्द्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका थिए । 

‘सिपिसी’का महासचिव जुनझेङले कोरला नाकालाई व्यवस्थित गर्ने सन्दर्भमा गण्डकी सरकारले गरिरहेको प्रयासबारे आफू जानकार रहेको बताउँदै त्यसले दुई देशबीचको सहकार्यको अवसर सिर्जना गर्ने र यसबारे तिब्बत सरकार सकारात्मक रहेको बताएका थिए। दुई देशबीच पर्यटन, कृषि, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा तिब्बत सरकार तयार रहेको उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेसँग ‘सिपिसी’का लिन्जी नगर समितिका सचिव र सो नगरका प्रमुखसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित