एक दिनमा डेढ लाख यात्रुले छाडे काठमाडौं « Khabarhub

एक दिनमा डेढ लाख यात्रुले छाडे काठमाडौं


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् । उपत्यका बाहिर घर भएकाहरु दशैँ मनाउन जाने क्रम बढेसँगै काठमाडौं भित्रभन्दा बाहिरिनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा ६० हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिएका छन् । सवारी साधन बाहिरिने क्रम बढेसँगै उपत्यकामा आजबाट सवारी चाप घट्दो रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

घटस्थापनासँगै उपत्यकामा स्कूल, कलेज बन्द भएकाले पनि चापको समस्या कम हुने प्रहरीको भनाइ छ ।

उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । बसपार्कका विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँचको व्यवस्था गरिएको छ ।

अब यात्रुले सास्ती भोग्नु पर्दैन

केही अघिदेखि काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म हुने गरेको सवारी जाम आजबाट कम हुँदै गएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताए ।

उक्त क्षेत्रको समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै उनले आश्वस्त पारे ।

‘आज बिहानको अवस्था भन्नुपर्दा नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक पौडेलले भने, ‘अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ । खुसी र उमङ्गको चाड बडादशैँ आजदेखि औपचारिक रुपमा शुरु भएको छ । यो उमङ्ग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रुपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन् । त्यो अवस्थामा पुर्‍याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ ।’

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिगिँ्रदा यात्रुले जामको समस्या झेल्नुपर्‍यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ ।

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा र्‍याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए । उक्त र्‍याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ ।

यस्तै आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन् । उनीहरुले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारवाही गर्नेछन् । धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरुलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ४ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित