लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण « Khabarhub

लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको छ । पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । लागूऔषधको प्रयोगले अन्य आपराधिक गतिविधिसमेत बढ्न थालेका छन् ।

यसको रोकथाम र न्युनिकरणका लागि प्रहरीले थुप्रै प्रयास गरे पनि भारतसँग जोडिएको खुल्ला सिमानाका कारण लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले बताए। 

‘अहिलेको मुख्य समस्या भनेको लागूऔषध छ, यसको रोकथामका लागि प्रहरी निर्मम भएर लागेको छ’, उनले भने, ‘भारतसँगको खुल्ला सीमा नाकाका कारण चुनौतीपूर्ण छ ।’

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-८० मा लागूऔषधका १५१ मुद्दा दर्ता भएका छन्भने २९३ जना पक्राउ परेका छन् । 

त्यसैगरी, आव २०८०-८१ मा १८१ मुद्दा दर्ता भएका छन्भने २८७ मानिस पक्राउ परेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०८१÷८२ मा १७७ मुद्दा दर्ता भएका छन्भने २६५ मानिस पक्राउ गरिएको छ ।

‘प्रहरीले लागूऔषध नियन्त्रणका लागि विभिन्न सचेतना अभियान सञ्चालन गरिरहेको छ’, प्रहरी उपरीक्षक खत्रीले भने, ‘पछिल्लो सयम समाजमा लागूऔषध जस्ता कुलतले भयावह अवस्था छ ।’

उनले प्रहरीले लागूऔषध ओसारपसार, बेचबिखनविरुद्ध प्रहरी निर्मम भएर लागेको बताए। उनले विद्यार्थीदेखि समुदायस्तरमा लागूऔषध निर्मूल गर्नका लागि विभिन्न समयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए। उनले लागूऔषध सेवन, ओसारपसार, मादक पदार्थको सेवन, घरेलु हिंसा, सवारिसाधन दुर्घटना, चोरी–तस्करी, मोबाइल चोरी र साइबर अपराधले शान्तिसुरक्षामा चुनौती थपिदिएको बताए। 

‘प्रहरीसँग न्यूनतम स्रोतसाधनका बीच पनि अधिकतम उपभोग गर्दै शान्तिसुरक्षामा सेवा प्रहार गरिरहेका छौँ’, उनले भने, ‘अपराध न्यूनीकरणका लागि प्रहरीले समुदायस्तरमा साझेदारी कार्यक्रम सञ्चालन गरिराखेको छ ।’ 
  
त्यसैगरी, प्रहरीले आर्थिक वर्ष २०८०-८१ मा छ करोड ३७ लाख, ८५ हजार ५१९ बराबरको अवैध समान नियन्त्रणमा लिएको छ । आर्थिक वर्ष २०८१-८२ मा सात करोड ३९ हजार ५४७  बराबरको भन्सार चोरीछलीको अवैध समान बरामद गरिएको छ ।

गत वर्ष छ जनासहित ९७ सवारीसाधन बरामद गरिएको थियो । ‘हामीले सूचना प्राप्त गरिसकेपछि अवैध नदी खोला उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा लिएर  ११ लाख ८५ हजार जरिवाना असुल गरेका छौँ’, उनले भने, ‘मादक पदार्थ सेवन गरेर सवारिसाधन चलाउने चालकमाथि कारबाही गरेर रु एक लाख ७४ हजार जरिवानाबाट राजस्व असुल भएको छ ।’
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित