गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी « Khabarhub

गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगरले व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित भएकी छन्। निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै आएका दुवैजनाले गड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी  गरिरहेका छन् । उनीहरूले गड्यौला मलको खेतीसँगै तरकारी र घाँसको खेती गरिरहेका छन्। 
 
उक्त फर्मका सञ्चालक लक्ष्मी अधिकारीले पछिल्लो समयमा गड्यौला मलको माग बढ्दै गएको बताइन्। उनले आफ्नो फर्मबाट प्रति किलो ५० का दरले गड्यौला मल बिक्री भइरहेको जानकारी दिइन्। सुरुआतमा थोरै क्षेत्रफलमा गरिएको गड्यौला मलको खेती अहिले करिब डेढ रोपनी क्षेत्रफलमा गरिएको उनले बताइन्। 

गड्यौला मलको खेतीका लागि भक्तपुरको बोडेबाट गड्यौला ल्याउने गरिएको जानकारी दिँदै अधिकारीले आफूहरूले ठूलो मात्रामा गड्यौला मल ल्याउने गरेको जानकारी दिइन् । प्रत्येक तीन महिनाको अवधिमा गड्यौला मल तयार हुने उनले बताइन्।  हालसम्म एउटा याममा एक हजार किलोसम्म गड्यौला मल तयार हुने गरेकामा अब भने क्षेत्र बिस्तारपछि दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीले बताइन्।

गड्यौला खेतीको क्षेत्र विस्तारका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीबाट ५० प्रतिशत अनुदानस्वरुप रु चार लाख सहयोग प्राप्त भएको अधिकारीले बताइन्। गड्यौला मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मानिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख माधवप्रसाद लम्सालले बताए। विशेषतः थोरै क्षेत्रफलमा खेती गर्ने, कौशी खेती गर्नेका लागि रासायनिक मलको प्रयोगको विकल्पमा गड्यौला मल रहेको छ ।

‘पछिल्लो समयमा पोखरामा कौशी खेतीको चलन बढ्दो छ’, अधिकारीले भनिन्, ‘थोरै मात्रामा कौशी खेती गर्नेका लागि यो रोजाइमा पर्ने गरेको छ ।’

 रासायनिक मलको विकल्पका रुपमा यो मल रहेको उनले बताइन्। गड्यौलाले खाएर पचाएर दिशाको रूपमा फालेको मलमा भएका खाद्यतत्व पानीमा घुलनशील हुन्छन् जसलाई बिरुवाले सजिलैसँग ग्रहण गर्न सक्दछ । यस मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ ।

यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण  खेतीबालीका लागि बहुउपयोगी हुन्छ । व्यावसायिक गड्यौला मल खेतीमा सम्भावना देखरै आफूहरू यसतर्फ आकर्षित बनेको टीकामाया मगरले बताइन्।

 व्यावसायिक गड्यौला मलखेतीका माध्यमबाट आयआर्जन गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर यसमा लागिपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित