महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम सरकारलाई सात बुँदे ज्ञापन पत्र  « Khabarhub

महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम सरकारलाई सात बुँदे ज्ञापन पत्र 


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायको घटनामा सरकार जिम्मेवार हुनु पर्ने मागसहित अखिल नेपाल महिला संघ, सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 

महिला माथि भइरहेका सामाजिक विभेद र अन्यायका घटना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै अनेमसंघले मुख्य मन्त्री कमल बहादुर शाहलाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।

नेकपा एमाले निकट महिलाहरूको संगठन अनेमसंघले सुदूरपश्चिमका कैलाली कञ्चनपुरसहितका जिल्लाहरूले प्रशासन कार्यालय मार्फत एकसाथ गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको प्रदेश अध्यक्ष झुमा देवी चौधरीले बताएकी छन् । 

सुदूरपश्चिममा अझै हिंसा, हत्या र यौन शोषण सँगै लैङ्गिक असमानता र छाउकुप्रथा जस्ता अन्यायपूर्ण व्यवहार भइरहेकोले अन्त्यको माग अनेमसंघले गरेको हो ।  

संघले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, दाइजो प्रथा, घरेलु हिंसा, तथा परम्परामा नाममा गरिने यौनजन्य शोषण र दुर्व्यवहार नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गरी तुरुन्त कार्यान्वयनको माग गरेको छ । 

गत असार २७ गते भारतबाट फर्केकी कमला लामा नामकी महिलाको मृत्युले जनमानसमा गहिरो स्तब्धता छाएको भन्दै अनेमसंघले रोजगारीको सिलसिलामा भारत गएकी कमला स्वदेश फर्केर घरमा बसेको केही समयमै राति छाउगोठमा सुत्दा प्रहरीले टोकेको र अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको घटनालाई रहस्यमय भन्दै अनेमसंघले छानबिनको माग गरेको छ ।

यस्तै, गत जेठ २२ गते कैलालीको गौरीगंगा–१ मा तुलसी नाथ लाई आफ्नै देवरले हत्या गरी शव गहुँबारीमा गाडेको घटनाले समेत गम्भीर सामाजिक प्रश्न खडा गरेको र यो प्रकारको अमानवीय व्यवहारको सिकार महिला नै हुनु पर्ने अवस्थाको अन्त्य गर्न माग अनेमसंघको छ । 

अनेमसंघले महिलामाथिका हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी कार्यान्वयन गर्नु पर्ने, छाउपडी, दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन गर्नु पर्ने, प्रत्येक पालिकामा सुरक्षित महिला आवास गृहको स्थापना गरिनु पर्ने माग राखेको छ ।

यसैगरी महिला उद्यमशीलता प्रवर्द्धनका लागि अनुदान तथा सहुलियत, हिंसापीडित महिलाहरूलाई तत्काल राहत र न्याय सुनिश्चित गर्ने संयन्त्रको स्थापना गरिनु पर्ने माग पनि अघि सारेको छ । 

अनेमसंघले घटनाहरू दोहोरिरहनुले महिलाहरूको सुरक्षाप्रति राज्यको उदासीनता स्पष्ट भएको भन्दै गम्भीर हुन आग्रह गरेको छ ।

प्रदेश अध्यक्ष झुमा देवी चौधरी द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा तत्काल सुधारात्मक र नीतिगत कदम चाल्न अनुरोध गरिएको छ । 

अनेमसंघले महिला अधिकारको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि निरन्तर दबाबमूलक कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

जवाफमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार आफ्नो तर्फबाट जिम्मेवारी पूर्वक लागि परेको र सबैको सहकार्य र साथ आवश्यक हुने बताएका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित