रसुवाको पुल पुनःनिर्माणबारे मन्त्रिपरिषद्को निर्णय कुर्दै विभाग, बेलिबृज बनाउनै तीन महिना लाग्ने « Khabarhub

रसुवाको पुल पुनःनिर्माणबारे मन्त्रिपरिषद्को निर्णय कुर्दै विभाग, बेलिबृज बनाउनै तीन महिना लाग्ने


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा बाढीले सीमा नाकाको पुल बगाएपछि अहिले नेपाल–चीन बीचको यातायात सेवा अवरुद्ध हुन पुगेको छ । नौ जना भन्दा धेरैको ज्यान गएको र दर्जनौँ सवारी साधन बगाएको बाढीपछि यातायात सेवालाई कसरी सुचारु गर्ने भन्ने विषयमा सडक विभागले छलफल सुरु गरेको छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झा का अनुसार रसुवामा बाढीका कारणले सीमा नाकाको पुल बगाएको छ भने विभिन्न १५ ठाउँमा गरेर एक किलोमिटर भन्दा बढी सडकमा क्षति पुर्याएको छ । नाका खुलाउने गरी कसरी काम गने

‘डाइभर्सन कहाँ–कहाँ खोल्न सकिन्छ, नाकामा पनि बेलिबृज राख्ने होला, दुई चार दिनमा कसरी काम गर्ने भन्ने विषयमा क्लियर हुन्छ’, उनले भने, ‘यो ठूलो स्केलको डिजास्टर हो, पुल पनि गएको छ भने बाटो पनि १५ किलोमिटरमा ठाउँ–ठाउँमा क्षति भएको छ ।’

उनका अनुसार स्याफ्रुबेसी देखि रसुवा खण्डमा चिनियाँ ठेकेदार पनि सो सडकको डबल लेन विस्तारका लागि काम गर्ने सुरुवातको तयारी गर्दै थियो । ‘त्यै कन्ट्रयाक्टरबाट काम अगाडि बढाउने कि नयाँ ढंगले जाने भन्ने विषयमा छलफल हुँदैछ’, उनले भने ।

प्रवक्ता झा ले सडक मर्मत बाहेक पनि नाकामा बेलिबृज निर्माण गर्नको लागि पनि दुई÷तीन महिना समय लाग्ने बताएका छन् । जसले गर्दा आगामी दशैँ भन्दा अगाडि रसुवा नाकाको सडक खण्ड पूर्ण रूपमा सुचारु हुन कठिन हुनसक्ने उनको भनाइ छ ।

‘अहिलेको लागि बेलिबृज नै राख्ने सोच हुन्छ, बेलिबृज राख्न पनि दुई देखि तीन महिना कम्तिमा लाग्ने हुन्छ’, उनले भने, ‘किनभने हाल्नकै लागि पनि १०÷१५ दिन लाग्ने र त्यो भन्दा अगाडि फाउन्डेसन निर्माण गर्न पर्यो, त्यसको लागि समय लाग्छ ।’

बाढी आइसकेपछि प्रधानमन्त्री सहितको सरकारी टोली मंगलबार नै चिनियाँ राजदूत सहित सो क्षेत्रको निरीक्षणका लागि रसुवा नाका पुगेको थियो । साथै, मंगलबार नै मन्त्रिपरिषद्को बैठक समेत बसेको छ ।

विभागका इन्जिनियर सुजन अर्यालले सीमा नाकामा बेलिबृज बनाउने विषयमा सरकारले निर्णय गर्नुपर्ने बताएका छन् । सरकारले निर्णय गरेपछि मात्रै सो प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

‘हिजो मात्रै मन्त्रिपरिषद्को बैठक बसेको छ, सो बैठकले पक्कैपनि कसरी अगाडि बढ्ने भन्ने विषमा निर्णय गरेको होला, सायद साँझसम्म त्यसको जानकारी आइपुग्छ होला, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ’, इन्जिनियर अर्यालले भने ।

अर्यालका अनुसार यसभन्दा अगाडि पनि दुई पटकसम्म नाकामा पुल बनाउने काम चिनियाँ सहयोगमा भएको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित