बागमतीका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान « Khabarhub

बागमतीका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ ।

मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए।
    
उनका अनुसार मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा मेसिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा डायलासिस मेसिन जडान गरेको मन्त्री थापाले जानकारी दिए ।

डायलासिस मेसिन जडानसँगै अस्पतालले मिर्गौलाका बिरामीलाई सहज रूपमा सेवा प्रवाह गर्ने बताउँदै उनले बिरामीले नजिकको अस्पतालबाट सेवा प्राप्त गर्नसक्ने उल्लेख गरे। मन्त्री थापाले प्रादेशिक अस्पतालमा आगामी दिनमा उपकरण थप गर्दै लैजाने जानकारी दिए।  
    
भक्तपुर अस्पतालका कार्यकारी निर्देशन डा सुरेन्द्र भट्टले उपकरण प्राप्त भएसँगै अस्पतालले तत्काल पाँच शय्याको डायलासिस सेवा सुरु गर्ने जानकारी दिए। 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १२ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित