विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी « Khabarhub

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार एकपछि अर्को गरी समर्थन गुमाउँदै गएको छ । 

सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिनका लागि गरेको निर्णयपछि सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने तयारीमा देखिएको छ । 

नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि आक्रोशित नाउपाले ओली नेतृत्वको सरकारबाट बाहिरिने मनस्थिति बनाएको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार वनमन्त्री चौधरीलाई बर्खास्त गरेका थिए । चौधरीको बर्खास्तीलाई नाउपाले मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिएको छ ।   

केही दिनअघि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए । तर, नाउपाबाट गत जेठ ४ मा मन्त्री बनेका चौधरी अटेर गर्दै आएका थिए । 

कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग चौधरीको नाम मुछिएको थियो । उक्त प्रकरणमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि नाउपाले रामेश्वर चौधरीलाई पठाएको थियो । तर, बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री शाहले वनमन्त्री चौधरीलाई बर्खास्त गरेपछि नाउपा संघीय सरकारसँगै प्रदेश सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको छ । 

नाउपाले सुदूरपश्चिम प्रदेशमा औपचारिक संवाद र कारण बिना नै चौधरीलाई बर्खास्त गरिएको भन्दै मुख्यमन्त्री शाहको कदमलाई असंवैधानिक, अपमानजनक र दुर्भाग्यपूर्ण भनेको छ । अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौँ ।’ 

उनले अब नाउपाले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन् । ‘पार्टीभित्र गहिरो छलफल र पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूको दृढ मार्गदर्शन अनुसार नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको छ,’ श्रेष्ठले बताइन् । 

उनले संघ र प्रदेश सरकारबाट बाहिरिनका लागि गरिएको निर्णयलाई जनताको म्यान्डेट, पार्टीको सम्मान र जननिर्वाचित प्रतिनिधिहरू माथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदमको रूपमा ब्याख्या गरिन् । 

‘हाम्रा माननीयहरू पार्टीका इज्जत हुन् । उनीहरूको बेइज्जत पार्टीको बेइज्जती हो र पार्टीप्रति जनताको विश्वासमाथिको अवमूल्यन हो,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘अब हामी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिने छौँ ।’

नाउपाबाट संघीय सरकारमा प्रतिनिधिसभा सदस्य अरूण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । गत निर्वाचनबाट उदायको यो दलबाट प्रतिनिधिसभामा चार जना, सुदूरपश्चिम प्रदेशमा नाउपाका सात, लुम्बिनी प्रदेशमा चार र मधेश प्रदेशमा एक जनाको प्रतिनिधित्व छ ।

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित