नरेन्द्र मोदीलाई साइप्रसको सर्वोच्च सम्मान « Khabarhub

नरेन्द्र मोदीलाई साइप्रसको सर्वोच्च सम्मान


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी सम्मानित हुने भारतीय प्रधानमन्त्रीमध्ये पर्छन् । उनलाई २३ देशले सर्वोच्च सम्मान दिइसकेका छन् । पछिल्लो पटक सोमबार उनलाई साइप्रसले सम्मान गर्यो ।

मोदी साइप्रसको सर्वोच्च सम्मान ‘ग्रान्ड क्रस अफ द अर्डर अफ मकारियोस’ ले सम्मानित भएका हुन् । राष्ट्रपति निकोस क्रिस्टोडौलिड्सले राष्ट्रपति भवनमा उनलाई यो सम्मान प्रदान गरे। मोदी दुई दिने भ्रमणमा साइप्रस पुगेका थिए ।

मोदीलाई सन् २०१६ मा साउदी अरेबिया र अफगानिस्तानले, सन् २०१८ मा प्यालेस्टाइन, सन् २०१९ मा माल्दिभ्स, यूएई र बहराइनले, सन् २०२० मा अमेरिकाले, सन् २०२३ मा फिजी, पलाउ, पपुवा न्यूगिनी, इजिप्ट, ग्रीस र फ्रान्सले, सन् २०२४ मा भुटान, रुस, नाइजेरिया, डोमिनिका, गुयना, बारबाडोस र कुवेतले देशको सर्वोच्च सम्मान दिएका थिए ।

साइप्रसबाट सम्मान पाएपछि मोदीले भने, ‘म साइप्रस सरकार र साइप्रसका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यो नरेन्द्र मोदीको लागि मात्र सम्मान होइन, १४० करोड भारतीयहरूको लागि सम्मान हो। यो उनीहरूको क्षमता र आकांक्षाको लागि सम्मान हो। यो हाम्रो संस्कृति, भ्रातृत्व र वसुधैव कुटुम्बकमको विचारधाराको लागि सम्मान हो।’

यसअघि राष्ट्रपति भवनमा मोदीलाई स्वागत गरिएको थियो। यसपछि दुवै देशका राष्ट्रप्रमुखहरूबीच भेटवार्ता भएको थियो । मोदी आइतबार साइप्रस पुगेका थिए । त्यहाँबाट मोदी जी७ शिखर सम्मेलनमा भाग लिन क्यानाडा गएका थिए ।

मोदीले राष्ट्रपति क्रिस्टोडौलिड्सलाई कश्मीरी रेशमी कार्पेट प्रस्तुत गरे । यो गाढा रातो रंगमा छ, खैरो र रातो किनाराहरू सहित। परम्परागत लता र ज्यामितीय आकारहरूको कलाकृति छ । यसमा दोहोरो रंगको विशेष प्रभाव छ, जुन हेर्ने कोण र प्रकाश अनुसार रंग परिवर्तन हुने देखिन्छ। मानौं एउटा कार्पेटमा दुई फरक डिजाइनहरू छन् ।

प्रधानमन्त्रीले साइप्रसकी प्रथम महिला फिलिपा कार्सेरालाई चाँदीको लेपित पर्स दिए । यो आन्ध्र प्रदेशका कारीगरहरूले बनाएका हुन्। यसमा मन्दिर र शाही कलाबाट प्रेरित राम्रा पुष्प डिजाइनहरू कुँदिएका छन्।

राष्ट्रपति निकोसले भने, ‘आतंकवादको विरुद्धमा साइप्रस भारतको साथमा उभिएको छ ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित