‘इन्टिग्रिटी आइडल’नै भ्रष्टाचारमा मुछिए, उपसचिव नेपालविरुद्ध साढे २५ लाखको बिगोसहित अख्तियारको मुद्दा « Khabarhub

‘इन्टिग्रिटी आइडल’नै भ्रष्टाचारमा मुछिए, उपसचिव नेपालविरुद्ध साढे २५ लाखको बिगोसहित अख्तियारको मुद्दा


२३ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘इन्टिग्रिटी आइडल’ घोषित एकजना उपसचिवविरुद्ध २५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा परेको छ।

खोटाङको जिल्ला शिक्षा अधिकारी हुँदा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उपसचिव ज्ञानमणि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ स्थित कृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा हिनामिना गरेको आरोपमा अख्तियारले नेपालविरुद्ध मुद्दा चलाएको हो ।

गुणस्तरहीन निर्माण भएको प्राविधिक प्रतिवेदनमा हुँदाहुँदै सुधार नगरी बजेट अतिआवश्यक रहेको देखाएर झुट्टा बिलभरपाईका आधारमा रकम निकासाका लागि जिल्ला शिक्षा कार्यालयबाट सदर गरी साढे २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।

चार कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी कुल ४५ लाख १० हजार ८९२ रुपैयाँमा सम्झौता भएको थियो । तर, न्यून गुणस्तरको भवन बनाएपछि त्यो प्रयोगमै नआएको अख्तियारले जनाएको छ ।

भवन निर्माणका क्रममा सम्झौता, लागत अनुमान र नापी नक्साबमोजिम वास्तविक रुपमा गुणस्तरीय काम फिल्डमा नभएको, निर्माण कार्यमा लागत अनुसारको सामान प्रयोग नभएको, प्लास्टर फुटेको, भुइँको पीपीसी फुटेको, सिलिङमा रड बाहिर देखिनेगरी ढलान भएको अख्तियारले उल्लेख गरेको छ ।

भवनमा पठनपाठन गर्न अयोग्य छ । भवन जोखिमपूर्ण देखिएको छ । यस्तो भवन निर्माणको जिम्मेवारी वहन नै नगरी विद्यालयको खातामा रोक्का रहेको रकम निकासा गर्न नापी किताब तथा मूल्यांकन प्रतिवेदनसमेतमा हस्ताक्षर गरी २५ लाख ५० हजार रुपैयाँ साढे २५ लाख रकम निकासा दिइएको थियो ।

फिल्डमा हुँदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार रकमको मूल्यांकन प्रतिवेदनलाई सदर गरेको र गुणस्तरहीन भएको प्राविधिक प्रतिवेदनमा उल्लेख हुँदाहुँदै पनि सुधार नगरी बजेटको अतिआवश्यक रहेको देखाएर झुट्टा बिलभरपाईका आधारमा रकम निकासाका लागि सदर गरी साढे २५ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ ।

तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपाललाई प्रमुख प्रतिवादी बनाइएको छ । उनीविरुद्ध साढे २५ लाख बिगो कायम भएको छ ।

जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव र सव-इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू टीकाराम राई र जयप्रसाद राईलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

के हो यो आइडल ?

नेपाल पहिलो ‘इन्टिग्रिटी आइडल’समेत हुन्। ‘अकाउन्टिबिलिटी ल्याब’ नामको संस्थाले पेशागत क्षेत्रमा राम्रो काम गरेवापद यो आइडल दिन्छ ।

नेपाल सन् २०१४ मा ‘इन्टिग्रिटी आइडल’ घोषित भएका थिए । सामाजिक र पेशागत क्षेत्रमा उत्कृष्ट योगदान दिनेलाई यो संस्थाले ‘इन्टिग्रिटी आइडल’ घोषित गर्दै आएको छ ।

सार्वजनिक प्रशासनमा सक्षम, इमान्दार, पारदर्शिता र जवाफदेहिता बहन गरेका कर्मचारीलाई यो आइडल घोषणा गरिन्छ।

इन्टिग्रिटी आइडल घोषित भएलगत्तै नेपाललाई वि.सं. २०७५ सालमा नेपाललाई जबरजस्ती करणीको आरोप पनि लाग्यो । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बर्दियाको प्रमुख जिल्ला अधिकारी हुँदा उनीमाथि मुद्दा चलेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ७ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित