नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा « Khabarhub

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा


१८ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन् । दिवसका दिन यही जुन ५ तारिखदेखि लागू हुने गरी पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको हो ।

“विश्व वातावरण दिवसका दिनदेखि लागू हुने गरी पार्टी मातहतका सबै तहका कार्यालयका साथै भ्रातृ एवम् शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरेको छु” सभापति देउवाले घोषणासभामा भने।

उनले वातावरणमा पारेको नकारात्मक असरप्रति गरिएको घोषणा कार्यान्वयनमा पार्टीका सबै तहको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे । “सन् २०२४ सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुन आएको छ, ढिलो नगरी जलवायु परिवर्तनका असरलाई कम गर्नुपर्ने छ । नेपालले जलवायु न्यायको लागि अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउँदै आइरहेको छ, स्रोतसाधनको सीमितताका बीच हामीले जलवायु परिवर्तनको असर कम गर्न काम गर्दै आइरहेका छौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालले जलवायु परिवर्तनबारे आवाज उठाउँदै आएको छ”, सभापति देउवाले भने ।

उहाँले विकास निर्माणका क्रममा वातावरणीय पक्षको क्षति हुँदै गइरहेको भन्दै यसमा सचेत रहन ध्यानाकर्षण गराए । हामीलाई विकास मात्रै होइन दिगो विकास चाहिएको भन्दै सभापति देउवाले जलवायु परिवर्तनले अर्थतन्त्रको आधार स्तम्भमा नकारात्मक असर पारेकामा चिन्ता व्यक्त गरे । वातावरणमा परेका नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थको सट्टा विद्युतीय सवारी प्रयोगलाई ध्यान दिनुपर्ने र विद्यालय र विश्वविद्यालयमा जलवायुमैत्री शिक्षा दिइनुपर्नेमा सभापति देउवाले जोड दिए ।

जलवायु सङ्कट र विश्वको सन्दर्भ विषयमा प्रस्तुतिकरण गर्दै जलवायु परिवर्तनविज्ञ मञ्जित ढकालले मानिसले खाने हरेक कुरामा प्लास्टिक समावेश भएको भन्दै प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । जलवायु तथा प्लास्टिक प्रदूषण र राजनीतिक दलको भूमिका विषयमा प्रस्तुतिकरण गर्दै वातावरण विज्ञ डा विजय थापाले दीर्घकालीन समस्या समाधानका लागि पार्टीको स्पष्ट नीति र धारणा तयार गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १० : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित