कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली गठन  « Khabarhub

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली गठन 


१६ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले स्थानीय सेवा( गठन तथा सञ्चालन) ऐन संशोधनको माग गर्दै आन्दोलनमा रहेका कर्मचारीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेकोको छ । आन्दोलनरत कर्मचारीसँग तीन सदस्यीय वार्ता टोली गठन गरेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । 

२०८२/०२/०२ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरिएको र प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा दर्ता गर्ने प्रयोजनार्थ पेश भएको उक्त संशोधन विधेयक उपर प्रदेश सभामा छलफल हुँदा कर्मचारीको वृत्ति विकासको विषयमा छलफल हुने कर्णाली प्रदेशका मुख्य सचिव धोलकराज ढकालले बताए । 

संशोधन प्रक्रियामा रहेको विधेयकमा स्थानीय तहका कर्मचारीको मागको सन्दर्भमा कर्णाली प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतका प्रदेश सचिव (कानून) वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा कार्यालयका उपसचिव कृष्णप्रसाद खरेल र शाखा अधिकृत दिपेन्द्रकुमार सिंह सदस्य रहने गरी तीन सदस्यीय वार्ता तथा सहजीकरण समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

स्थानीय सेवा कर्मचारी सञ्जाल, कर्णाली प्रदेश लगायत आन्दोलनरत पक्षका प्रतिनिधिसँग समितिको तर्फबाट छलफल एवम् परामर्श गरिने भएकोले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिई आफू कार्यरत कार्यालयमा नियमित कामकाज गर्नु अपिल गरेको मुख्य सचिव ढकालले बताए । 

यता स्थानीय तहका कर्मचारीहरू स्थानीय तहका कर्मचारीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी धर्ना दिँदै आएका छन् । कर्णालीका ७९ वटै तहमा कार्यरत कर्मचारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । 

कर्मचारीहरू माग पूरा नभएसम्म नफर्किने अडानमा छन् । कर्मचारीहरू आन्दोलनमा होमिएपछि स्थानीय तहहरूले निर्माणको तयारी थालेको नीति तथा कार्यक्रम र बजेटमा प्रभाव परेको भन्दै तत्काल माग सम्बन्धन गरेर फिर्ता गरिदिन नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका महासंघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ३ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित