गोसाईंकुण्ड मेलामा आउँदा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था « Khabarhub

गोसाईंकुण्ड मेलामा आउँदा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– गङ्गा दशहरा पर्वअन्तर्गत बुधबारदेखि सुरू भएको गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीका लागि आवश्यक उद्धारको व्यवस्था मिलाइएको छ । 

समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थमा आउने यात्रीलाई बेत्रावतीबाट गोसाइँकुण्डसम्म विशेष सुरक्षा व्यवस्था मिलाउनुका साथै लेक लागेर बिरामी परेका यात्रीलाई उद्धारको समेत व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए  । 

तीर्थ जाँदा लेक लाग्ने समस्यामा परेका बिरामीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा निकायले उद्धार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

गत विगतको तुलनामा यस वर्ष भक्तजनको आगमन बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीर्थका लागि निस्केका एक हजार भन्दाबढी यात्री बुधबार साँझ चन्दनबारी पुगेका र ती यात्री आज बिहानैदेखि लौरी विनायक उकालो उक्लँदै गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यात्रीका लागि काठमाडौँको बालाजुबाट धुञ्चेसम्म बस, हाइसलगायत यात्रीवाहक सानाठूला सवारीसाधन सञ्चालनमा आएकाले धार्मिक यात्रामा सवारीसाधनको अभाव नहुने यातायात व्यवसायीले बताएका छन् । 

धुञ्चेबाट माथि लागेपछि खन्ति, देउराली, चन्दनबारी, चोलाङ्पाटी, लौरी विनायक र गोसाइँकुण्डमा क्षेत्रमा होटल तथा लज अनुगमन गरिसकेको जनाउँदै प्रजिअ पौडेलले आगन्तुक तथा धार्मिक यात्रीलाई सुलभ रूपमा सेवा प्रदान गरिदिन व्यवसायीलाई अनुरोध गरिएको बताए ।

उकालो हिँड्दा बढी स्वास्वा फ्याफ्या हुने यात्रीका लागि चन्दनबारीमा घोडाको समेत व्यवस्था भएकाले गोसाइँकुण्डसम्म पुग्न सहज वातावरण पाइएको तीर्थ यात्रीले बताएका छन् । 

चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई तीर्थमा निस्कन र धार्मिक मार्गमा कुनै समस्या परेमा गस्तीमा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रजिअ पौडेलले अनुरोध गरे । -रासस
 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  २ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित