एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन « Khabarhub

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लागि प्रयोग गर्न मिल्ने


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ । प्यानका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालकोबीचमा राखिने ईपीएस सिट्सको स्वदेशमै उत्पादन गर्न थालेको हो ।  

कम्पनीका निर्देशक शशी शाहका अनुसार अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लागि  ईपीएस सिट्सको प्रयोग गर्न सकिने छ । थर्मल इन्सुलेशन प्रदान गर्ने ईपीएस सिट्सले ध्वनि नियन्त्रणमा र निर्माण गतिलाई पनि नयाँ दिशातर्फ लग्न मद्दत गर्छ ।  

ईपीएस सिट्स एक किसिमको प्लास्टिक फोम हो । घर निर्माणमा प्रयोग हुने ईपीएस सिट्स मजबुत, टिकाउ र इन्सुलेटिभ हुने शाहले जानकारी दिए । यसको प्रयोग विशेषतः घरको भित्ता, छानामा गर्न  सकिन्छ भने घरलाई धेरै तातो तथा धेरै चिसो हुनबाट जोगाउन लागि पनि गरिन्छ।

‘ईपीएस सिट्सलाई सिधै भित्तामा टाँसिन्छ र त्यसको माथि जाली वा इँट्टा लगाएर प्लास्टर गरिन्छ, यसले घरलाई बाह्य तापक्रमबाट जोगाउँछ, छानाको सतहमा पनि ईपीएस सिट्स सजिलै फिट गर्न सकिन्छ, यसका लागि सिमेन्ट वा विशेष ग्लु प्रयोग गरिन्छ, कतिपय अवस्थामा फल्स सिलिङमा समेत ईपीएस सिट्स जडान गरिन्छ,’ उनले भने ।  

 यो वातावरण मैत्री हुनका साथै ध्वनि अवरोध र घरको ताप तथा चिसो नियन्त्रण गर्छ । शाहका अनुसार धेरैजसो प्रिफ्याब घरहरूमा समेत ईसीएस प्यानल प्रयोग हुँदै आएको छ । जसले निर्माण समयलाई झनै छोटो बनाएको छ।

‘नेपालमा ईपीएसको प्रयोग बढ्दै छ, विशेष गरी उपत्यकाभित्रका नयाँ भवनहरूमा यो प्रविधि निकै उपयुक्त हो,’  उनले भने । ईपीएस सिट्स नेपाली निर्माण प्रविधिमा नयाँ युगको सुरुवात गरिरहेको छ। घर बनाउँदा तापमान नियन्त्रण, ध्वनि अवरोध र लागत कटौतीका लागि ईपीएस सिट्स एक स्मार्ट विकल्प हुनसक्ने शाहले बताए । 

उनका अनुसार कम्पनीबाट बिक्री हुने ईपीएस सिट्स मूल्यका हिसाबले पनि औसत रहेको छ । कोरियन यस कम्पनीले सन् २०१७ देखि चितवनको रत्ननगरमा आफ्नै उद्योग लगाइ प्यानल उत्पादन गर्दै आएको छ ।  साथै, उक्त उद्योगबाटै ईपीएस सिट्सकाे अब भने उत्पादन थालेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ६ : ११ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित