राष्ट्रियसभा बैठक : पूर्वराजालाई पक्राउ गर्न माग « Khabarhub

राष्ट्रियसभा बैठक : पूर्वराजालाई पक्राउ गर्न माग


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  
बैठकको शून्य समयमा सांसद भुवनराज सुनारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा सूक्ष्म व्यवस्थापन मिलाउने पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेसम्म पक्राउ गरेर किन कारबाहीको दायरामा नल्याएको भनी सरकारसँग प्रश्न गरे । 

सांसद उदयबहादुर बोहराले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्ष्टिच्युट अफ इण्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी) मा छात्रावासको आफ्नै कोठामा मृत फेला परेकी छात्रा प्रिन्सा साहका बारेमा यथार्थ छानबिन गर्न आवश्यक पहलका लागि सरकारसँग माग गरे । बेलायतको लण्डन विश्वविद्यालयमा अध्ययनरत सुशान्त ओलीको पनि निधन भएकाले यसको पनि वस्तुगत छानबिन गरिनुपर्नेमा उनले जोड दिए । 

सांसद कृष्णप्रसाद पौडेलले आयात बढेर व्यापार घाटा भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम हुने गरी बजेट निर्माण गर्न सरकारसँग माग गरे । सांसद गोमादेवी तिमल्सिनाले देशमा सुशासन कायम हुन नसकेको भन्दै सरकारले सुशासन कायम गराउनुपर्नेमा जोड दिइन् । 

सांसद जयन्तीदेवी राईले बाल विवाहलाई कानुनले मान्यता नदिएको उल्लेख गर्दै अहिले पनि बालविवाह गरी सन्तान जन्मेर जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न नपाउने गम्भीर समस्या आइरहेको बताइन्। ती बच्चाको दोष नभएकाले उनीहरूले पढ्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरे  । भारतको केआईआईटिटीको घटनाको यथार्थ विवरण आउनुपर्ने उनको भनाइ छ ।
  
सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका केही जिल्लामा तरकारी तथा फलफूलका लागि उपयुक्त वातावरण रहेकाले खेती गर्ने वातावरण मिलाउन सरकारसँग माग गरिन् । कर्णालीमा किशोरी अवस्थामा आमा बन्ने क्रम बढेर महिलाको समग्र विकासमा असर गरिरहेकाले सचेतनासँगै शिक्षाका लागि आवश्यक कार्यक्रम बनाउन माग गरिन् ।
 
सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेजमा बनेको संरचना भूतबङ्गला बनेकाले त्यसलाई उपयोगमा ल्याउन माग गरे । भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटी कलेजमा नेपाली छात्रा प्रिन्सा साह मृत फेला परेको घटनाका बारेमा यथार्थ छानबिन गर्न पनि उनले माग गरे ।

सांसद मदनकुमारी शाह (गरिमा) ले स्नातकसम्म राम्रोसँग मुलुकमा पढ्ने वातावरण मिलाउन माग गरे । स्वदेशमा गुणस्तरीय शिक्षा लिनसक्ने वातावरण बनाए उडिसाको भुवनेश्वरमा रहेको केआइआइटी कलेजमा पटकपटक नेपाली छात्रा मृत फेलापर्ने समस्या नहुनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मोहम्मद खालिदले प्रि–मनसुन सुरु भएसँगै राजमार्गमा समस्या हुन थालेकाले वर्षाअगावै मर्मतसम्भारको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद युवराज शर्माले वर्षाले जनधनको क्षति बढाउन सक्ने भएकाले विपद् जोखिम न्यून गर्ने गरी तयारी थाल्न माग गरे।

सांसद राजेन्द्रलक्ष्मी गैरेले भारतको उडिसा राज्यस्थित भुवनेश्वरमा रहेको केआइआइटी कलेजमा नेपाली विद्यार्थीको जीवनमात्र नगई पटकपटक घटना दोहोरिन थालेकाले षड्यन्त्र भइरहेको हो वा के हो यर्थाथ बुझ्न आग्रह गर्दै यसमा निष्पक्ष छानबिन गर्न माग गरिन् । प्रि–मनसुन सुरु भएसँगै बाटो अवरुद्ध हुन थालेकाले वर्षामा समस्या नहुने गरी तयारी गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।
 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित