सुर्खेतका दुई स्थानीय तहले दिए विद्यालय सञ्चालन गर्न निर्देशन  « Khabarhub

सुर्खेतका दुई स्थानीय तहले दिए विद्यालय सञ्चालन गर्न निर्देशन 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाले लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भएको भन्दै बुधबारबाट विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । 

नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ चैत्र २० देखि शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन निरन्तर भइरहेको सन्दर्भमा लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यालयको नियमित शैक्षिक कार्यक्रमहरू प्रभावित भई बाल बालिकाको पढ्न पाउने मौलिक हक र अधिकारमा प्रतिकूल प्रभाव परेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागी प्रत्यत्नशील रहँदै आएको नगरपालिका शिक्षा प्रमुख धिरेन्द्रप्रसाद शर्माले बताए ।

 ‘विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिदैँ आफ्ना जायज तथा संविधानसम्मत मागहरूको सम्बोधन ससम्मान गराउनका लागी वैकल्पिक तवरले उठान गर्न र उक्त मागहरू पूरा गर्न नेपाल सरकारलाई अनुरोध गर्दै सम्पूर्ण विद्यालय शैक्षिक सत्र २०८२ को भर्ना अभियान, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘बैशाख १७ गतेदेखि नियमित रुपमा विद्यालयहरूमा पठनपाठन कार्य सुचारु गर्न गराउन हुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्बन्ध पक्ष सबैमा आवश्यक समन्वय, सहजीकरण तथा सहकार्यका लागि अनुरोध गरेका ।’

त्यस्तै, चिङ्गाड गाउँपालिकाले पनि विद्यालय सञ्चालनका गर्नका लागि शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ ।

शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा विगत लामो समयदेखि शिक्षक कर्मचारीहरू काठमाडौँ केन्द्रीत आन्दोलनमा सहभागी भएको भन्ने बुझिन आएकाले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानको अवधि सकिँदा समेत शिक्षक कर्मचारीहरूले विद्यार्थी भर्ना तथा नियमित पठनपाठन सुचारु नगर्दा विद्यार्थी तथा अभिभावकहरूमा अन्यौलता देखापरेकाले विद्यालयमा भर्ना भइ नियमित सिकाइ क्रियाकलापमा सहभागी हुन पाउने बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारीहरूले विद्यालय बुधवारदेखि विद्यार्थी भर्ना गरी नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष बोधबिक्रम जिसीले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित