कसले कति खानलाई पोखरा विमानस्थल निर्माण भयो ? सबै जेल जानुपर्छ : किराती « Khabarhub

कसले कति खानलाई पोखरा विमानस्थल निर्माण भयो ? सबै जेल जानुपर्छ : किराती


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयकर्तामाथि छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कसले कति खानका लागि विमानस्थल निर्माण गरेका हुन् ती व्यक्तिमाथि कारबाही हुनुपर्ने बताएका हुन्।

धरानमा विमानस्थल बनाउन चाहेको सन्दर्भ उठाउँदै उनले बिना अध्ययन बनेको पोखरा विमानस्थल निर्माणका निर्णयकर्तामाथि कानुनी सजाय हुनुपर्नेमा जोड दिएका हुन्।

‘‘म धरानमा विमानस्थल बनाउन चाहन्थे तर काम भावनाले मात्र हुँदैन रहेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन बमोजिम काम गर्नुपर्ने हुन्छ। यदी कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुन जान्छ। कुनैबेला त्यो भ्रष्टाचार प्रमाणित भएपछि निर्णय गर्ने व्यक्ति जेल जानुपर्छ। कुनै पनि ठूला योजनाहरु संचालन गर्नु अगाडि अनिवार्य रूपमा प्राविधिक, आर्थिक, व्यापरिक र वातावरणीय अध्ययन गर्नुपर्छ। अन्यथा त्यो परियोजना चल्दैन। कुनै व्यक्तिले हँचुवाको रूपमा अवैज्ञानिक ढंगबाट ठूलो परियोजना सुरु गर्दा राज्यको सम्पत्ति दुरुपयोग हुन गएको छ। निर्दोष नागरिकको थाप्लोमा ऋण बोक्न नसक्ने गरि थपिएको छ। हाम्रो अगाडी आज पोखरा विमानस्थल चर्चाको शिखरमा छ’, उनले प्रश्न गर्दै भनेका छन्, ‘कति‘कति खानलाई, कस–कसले खानलाई, त्यो विमानस्थल निर्माण भयो ? जे–जति खाए वा खाएनन् त्यो छानबिनले प्रमाणित गर्ला, अनुभवले देखाउँछ खानेहरु समाजमा महान् छन्, खुवाउनेहरु सबै गधा भए। अर्थात् ठूला माछाहरु यतिबेला समुन्द्रमा खेल्दैछन्, खुवाउने साना माछाहरु तेलमा फ्राई हुन लागेका छन्।’

किरातीले आफूले धरानमा विमानस्थल नबनाएर देशको सम्पत्ति दुरुपयोग हुनबाट जोगाएको दाबी गरेका छन्।

‘मलाई देशको सम्पत्ति दुरुपयोग गर्नु थिएन। जनतालाई ऋणको भारी बोकाउनु थिएन। धरानमा विमानस्थल बनाउनु नसकेकोमा म असाध्य दुखी छु तर नबनिने स्थानमा बनिन्छ भन्दै चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागी अन्त्य गर्न सकेको छु’, उनले थप भनेका छन्।

उनले जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरी देश र जनतालाई छातिमा राख्न सुझावसमेत दिएका छन्।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित