शिक्षक आन्दोलनकै बीच भर्ना अभियान सुरु गर्न पर्साका पालिका प्रमुख सहमत « Khabarhub

शिक्षक आन्दोलनकै बीच भर्ना अभियान सुरु गर्न पर्साका पालिका प्रमुख सहमत


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – काठमाडौं केन्द्रित शिक्षक आन्दोलन जारी भए पनि पर्सामा विद्यार्थी भर्ना अभियान सुरु गर्न पर्साका १४ वटै पालिका प्रमुख सहमत भएका छन् । यहाँका १४ वटै पालिका प्रमुख शिक्षक आन्दोलनका कारण प्रभावित विद्यार्थी भर्ना अभियान वैशाख ८ देखि १५ गतेसम्म सञ्चालन गर्न सहमत भएका हुन् ।

आज भएको पालिका प्रमुखहरूको बैठकले तत्काल विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले जानकारी दिए । नेपालको संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले सोको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान अघि बढाउन १४ वटै पालिका प्रमुखहरुरू तयार रहेको उनले बताए ।

‘‘विद्यार्थी भर्ना अभियान कार्यक्रम घरघरमा पुग्ने गरी सञ्चालन गराउन सबै पालिका प्रमुखहरू तयार भएका छौँ, जस्तो सुकै अवस्थामा पनि विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिँदा पठनपाठनबाट वञ्चित हुनुपरेको छ । त्यसैले भर्ना अभियानलाई यथाशीघ्र अघि बढाउन पालिका प्रमुखहरू नै सक्रिय हुनुपरेको हो”, महानगर प्रमुख सिंहले भने।

पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लगाएर विद्यार्थी पठनपाठनबाट वञ्चित भएको हेरेर बस्न उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाउन आवश्यक रहेको बताए । “शिक्षकहरूले आफ्ना माग राख्न पाउने अधिकार भए पनि विद्यार्थीको पठनपाठन रोक्नु जायज होइन”, उनले भने, “शिक्षक आन्दोलनलाई रचनात्मक बनाउन जरूरी छ । बन्द, हडताल गरेर समस्या समाधान खोज्ने प्रवृत्ति उचित होइन ।”

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले शिक्षकले संविधान विपरीत केही माग अघि सारेको भन्दै ती मागबाहेक अन्यमा समर्थक गर्न सकिने बताउनुभयो । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले शिक्षक आन्दोलनका कारण विद्यार्थीहरुरू पठनपाठनबाट वञ्चित भएका र त्यसको अपजस जनप्रतिनिधिले लिनुपर्ने भएकाले भर्ना अभियान तत्कालै सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका गरे । ‘‘सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आउन नदिन सबै सचेत हुन जरूरी छ’’, उनले भने ।

जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख हरि राउतले काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी रहे पनि अब जिल्लामा भर्ना अभियान अघि बढाउनुपर्ने बताए । ‘‘यहाँका ६० प्रतिशतभन्दा बढी शिक्षक गाउँघरमै छन् । उहाँहरूले पनि जिम्मेवार भएर भर्ना अभियान सञ्चालनमा सहयोग गर्न आवश्यक छ ।”

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित