अमेरिकाले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने « Khabarhub

अमेरिकाले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागू गर्दै बुधबार आफ्नो करको दायरालाई  व्यापक बनाएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारी साधन र पेय पदार्थमा प्रयोग हुने क्यानसम्मका विभिन्न वस्तुको उत्पादन लागतमा वृद्धि हुने सम्भावना छ ।

काटो इन्स्टिच्युटका रिसर्च फेलो क्लार्क प्याकार्डले एएफपीसँग भने, ‘करवृद्धिसँगै मूल्यमा प्रभाव पारेमाम यो अचम्मको विषय हुने छैन ।’

उनले अमेरिका कार निर्माता र आवासीय र व्यावसायिक दुवै भवन निर्माण गर्ने देशमा इस्पातको विश्वका सबैभन्दा ठूला प्रयोगकर्तामध्ये एक भएको बताए । 

युरोपेली आयोगले संयुक्त राज्य अमेरिकाबाट ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा अप्रिल १ देखि ‘प्रतिकारको शृङ्खला’ लागू गर्ने बताएको छ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् , ‘अमेरिकाले २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाइरहेकाले हामी त्यसको प्रतिकारका लागि त्यति नै रकम बराबरको करवृद्धिको साथ जवाफ दिइरहेका छौँ ।’

ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनमाथि भारी कर लगाएका छन् । अप्रिल २ देखि नयाँ कर लगाउने वाचा गर्दै आफ्नो छिमेकी मुलुक (मेक्सिको र क्यानडा) का लागि आंशिक रुपमा मात्र कर फिर्ता लिने घोषणा गरेका छन् । 

ईवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोको हालैको प्रषेपण अनुसार पछिल्लो शुल्कले क्यानडालाई निकै ठूलो असर पार्नेछ, क्यानडाले अमेरिकी एल्युमिनियम आयातको लगभग आधा र यसको इस्पात आयातको २० प्रतिशत आपूर्ति गर्नेछ ।

क्यानाडाबाहेक, ब्राजिल र मेक्सिको पनि स्टीलको प्रमुख अमेरिकी आपूर्तिकर्ताहरू हुन् । त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया एल्युमिनियमको प्रमुख प्रदायकहरू मध्ये एक हुन्।
 
बुधबारको कर पहिलेको भन्दा माथि थन्किएको छ। यसको मतलब केही क्यानाडा र मेक्सिको स्टील र एल्युमिनियम उत्पादनहरूले यूएस–मेक्सिको–क्यानाडा सम्झौता (यूएसएमसीए) को अनुपालन नगरेसम्म ५० प्रतिशत कर दरको सामना गर्न सक्छन्।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चिन्ताले वित्तीय बजारलाई तहसनहस पारेको छ, ‘वाल स्ट्रिट इन्डेक्स’ मंगलबार लगातार दोस्रो दिन ओरालो लागेको छ तर ट्रम्पले वाल स्ट्रिटमा मंगलबार भएको नोक्सानीलाई नकार्दै अर्थतन्त्रलाई सम्हाल्ने विषयमा आफूले कुनै मन्दी नदेखेको बताएका छन् । 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित