अर्थसंक्षेप : नेपालको ‘ग्रे लिस्ट’ कथा : नेता कालोधनको वकालत गर्ने, साढे ११ अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : नेपालको ‘ग्रे लिस्ट’ कथा : नेता कालोधनको वकालत गर्ने, साढे ११ अंकले बढ्यो नेप्से


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको ‘ग्रे लिस्ट’ कथा : नेता कालोधनको वकालत गर्ने, व्यापारी लगानीको स्रोत खोल्न नमान्‍ने

फाइनान्सियल एक्सन टास्क फोर्स (एफटीएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) मा राखेको छ । फ्रान्सको पेरिसमा फेब्रुअरी १९ देखि २१ सम्म बसेको एफटीएफको बैठकले नेपाल मुद्रा शुद्धीकरण र आतंकवादी वित्तपोषण विरुद्धको उपायहरूको कार्यान्वयनमा गम्भीर नरहेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको हो ।

बीबीसीकाअनुसार एफटीएफको बैठकपछि शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष एलिसा दे आन्दा माद्राजोले नेपाल सुक्ष्म निगरानीको सूचीमा परेको जानकारी दिएकी थिइन् । ‘यो साताको बैठकले नेपाल र लाओस जनवादी प्रजातान्त्रिक गणतन्त्रलाई अधिक निगरानी सूचीको क्षेत्रअन्तर्गत राखेको छ, यसलाई एफएटीएफको ग्रे लिस्ट भनिन्छ’, उनले भनिन् ।

एफटीएफले नेपाललाई आगामी दुई वर्ष अर्थात् सन् २०२७ जनवरीसम्मलाई उक्त सूचीमा राखेको हो । अध्यक्ष माद्राजोले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय एसिया–प्रशान्त क्षेत्रीय निकाय एपीजीको मूल्यांकनपछि भएको भन्दै पहिचान भएका रणनीतिक कमजोरीलाई सम्बोधन गर्न आवश्यक रहेको बताएकी थिइन् ।

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जोडियो

सबैको रोजाइ बन्दै रुपन्देहीको कुञ्जपार्क

स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने तीन सदस्यीय समिति गठन

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।

पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न 

साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले बढेको छ । आज नेप्से ०.४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ ।
आज नेप्से बढ्दा ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुल्यो

नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबारबाट साधारण शेयर (आइपीओ) खुल्ला भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअघि २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

भरतपुरमा सात जातका गहुँको परीक्षण गरिँदै

फास्ट ट्रयाक निर्माणको समयावधि थपिने

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ ।

नेपाली सेनाले द्रुतमार्ग निर्माणसम्बन्धी जानकारी दिँदै असोज १२ र १३ गतेको भीषण वर्षाले निर्माण कार्य प्रभावित भएको बताए । उनले खोकनाको जग्गा विवाद समयमै समाधान नभए निर्माणको समय थपिनु निश्चित रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाली सेनाले जिम्मा लिएको काम नगर्ने भन्ने कुरै हुँदैन। हामी दिनरात प्रयास गरिरहेका छौँ । तर, असोज १२ र १३ गतेको भारी वर्षाले काममा असर पारेको छ।

लागतसँगै फास्ट ट्रयाक निर्माण अवधि पनि अझै लम्बिने

अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनु पर्छ : सांसद बास्कोटा

युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरूले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

अर्थ समितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित