‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’ « Khabarhub

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रूपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् ।

मन्त्रालयमा आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उनले भने, ‘खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आम नागरिकले सहजरुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी खानेपानीको व्यवस्थापन गरौँ ।’

सोही क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा सहज रूपमा खानेपानी वितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर वितरण गर्ने लगायतका कार्य छिटो छरितो गर्न आग्रह गरे  । 

उनले भने, ‘खानेपानीका लिकेज भएका पाइप लाइन चाँडो मर्मत गर्नुहोला, नागरिकले खानेपानीका मिटर नपाएको गुनासो गर्दै आएका छन्, मिटरहरूको चाँडो व्यवस्था गर्न मेरो आग्रह छ ।’

खानेपानी मन्त्रालय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को अभिभावक भएकाले केयुकेएललाई सहज रूपमा पानी वितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको तथा आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाइ थियो ।

काठमाडौं उपत्यकासहित देशभरिका खानेपानीका समस्या समाधानका लागि मन्त्रालयले कदम चालिरहेको समेत उनले बताए । 

यसैगरी मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबीच आपसी मेलमिलापमा रही नागरिकलाई खानेपानी पुर्‍याउने कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरेका थिए  ।

उक्त बैठकमा मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्रचार्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले यहाँका नागरिकलाई खानेपानी वितरणको कार्य गर्दै आइरहेको र अबका दिनमा पनि उक्त कार्यलाई थप अघि बढाउँदै पानी लिकेज भएका ठाउँमा चाडो मर्मत गर्नुपर्ने धारणा राखेकि थिइन् । 

उनले भनिन्, ‘केयुकेएलले विपद्को समयमा पनि काठमाडौँ उपत्यकावासीलाई पानी पुर्‍याउन सफल भएको उदाहरण हामी माझ छ, कतिपय ठाउँमा पानी लिकेज भएर पानी खेर गइरहेको छ, त्यसको रोकथामसहित खानेपानीका मिटर नपाएको गुनासो पनि छ, यसको समस्या चाँडो समाधान गर्नतर्फ ध्यान दिन जरुरी छ ।’

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी वितरण लगायतका विभिन्न काम भइरहेका र गत असोज ११ गतेको बाढीका कारण कतिपय ठाउँका खानेपानीका मुहान बाढीले बगाएकाले समस्या उत्पन्न भएको बताए । 

आजको उक्त बैठकमा मन्त्रालयका सहसचिव इ मिना श्रेष्ठ, इ रमाकान्त  दुवाडीलगायत केयुकेएल कर्मचारी ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित