रविको आग्रह- प्रतिशोध साँधियो, न्याय दिनुस्, सभामुखको जवाफ- अध्ययन गरेर खबर गरौँला « Khabarhub

रविको आग्रह- प्रतिशोध साँधियो, न्याय दिनुस्, सभामुखको जवाफ- अध्ययन गरेर खबर गरौँला


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारले आफूमाथि प्रतिशोध साँधेकाले न्याय गरिदिन सभामुख देवराज घिमिरेसँग गुहार लगाएका छन् ।

सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर गत पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित लामिछाने सरकारले विभिन्न आरोप लगाएर आफूलाई प्रतिशोध साँधेको बताएका हुन् ।

सभामुखलाई पत्र बुझाउँदै रविले आफू दुई–दुई पटक अध्यधिक मतले निर्वाचित सांसद रहेको अवस्थामा विभिन्न आरोप लगाएर सरकारले प्रतिशोध साँधेको गुनासो गरे । उनले अब आफूलाई सभामुख र संसद् सचिवालयले न्याय दिनुपर्ने पनि माग गरे ।

‘सम्पत्ति शुद्धीकरण, संगठित अपराध, सहकारी ठगीको मुद्दा लगाएर सरकारले एउटै सांसदलाई दु:ख दिने काम भइरहेको छ । आरोप लाग्दैमा कोही दोषी हुँदैन सभामुखज्यू, मलाई न्याय दिनुहोला’, रविले अगाडि भने, ‘दुई–दुई पटक जननिर्वाचित सांसदलाई सिंगो सरकारले विभिन्न आरोप लगाएर दु:ख दिने काम गरेको छ । यसले संसद्को गरिमा राख्दैन । बाहिर राम्रो म्यासेज जाँदैन । यसले त सत्ता पक्षको स्वार्थ देखाउँछ । मलाई न्यायका लागि तपाईंको अधिकार प्रयोग गर्न दिनुहोला ।’

उनले सभामुख घिमिरेलाई अगाडिको अभ्यास कानुन र संसदीय मान्यताबाट पनि दोषी करार नहुन्जेल आफ्नो सांसद पद निलम्बनमा नपर्ने बताए । भने, ‘सभामुखज्यू मलाई अदालतले त दोषी करार गरेको छैन नि ! तर किन अन्याय भयो ।’

रविले यति भन्दै निलम्बन फुकुवाएको पत्र बुझाएका थिए । उनले पत्रमा आजैबाट संसद् पद खुल्ला गरिदिन पनि आग्रह गरेका छन् । रविले पत्र बुझाउँदा उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार पनि साथमा थिए ।

रविका कुरा सुनेर पत्र बुझेपछि सभामुख घिमिरेले कानुन र नीतिगत कुराहरू अध्ययन गरेर जवाफ दिने बताएका छन् । उनले आजको आजै सांसद पद खुलाउन नसक्ने पनि जवाफ दिएका छन् ।

‘यहाँले पत्र बुझाउनुभएको छ, धन्यावाद । म पत्र संसदीय अभ्यास र कानुनका कुरा अध्याय गरेर यसको जवाफ यहाँहरूलाई चाडैँ दिने छु । पत्रमा आजै फुकुवा गरिदिनु भन्नुभएको रहेछ त्यो चाहिँ सम्भव भएन’, घिमिरेले भने ।

२०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित लामिछाने गत पुस ८ गतेदेखि सांसदबाट निलम्बित अवस्थामा छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेसँगै सांसदबाट निलम्बित भएका थिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए ।

उक्त मुद्दाको अन्तिम निरूपण भइनसकेकाले रवि सांसद पदमा फर्किने सम्भावना छैन । मुद्दाको अन्तिम किनारा नलागे पनि रास्वपा सांसदहरू रविको निलम्बन फुकुवा मागसहित सभामुखकहाँ पुगेका हुन् ।

‘प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको उक्त कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयले पुस ८ मा भनेको थियो ।

यसैबीच शुक्रबारदेखि नै संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले बोल्ने तालिका छ । यसअघि सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि यसै अधिवेशनको पहिलो दिन पेस हुँदैछ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित