‘आफूले गर्न नसक्दा अरूमाथि दोष थुपार्नु गलत हो’  « Khabarhub

‘आफूले गर्न नसक्दा अरूमाथि दोष थुपार्नु गलत हो’ 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेस, मधेस प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

मङ्गलबार बसेको प्रदेशसभा बैठकमा सत्ता घटक दल कांग्रेसका संसदीय दलका नेता यादवले सरकारको नेतृत्व गरेको दलले आफूले गर्न नसक्दा अरूमाथि थुपार्ने काम भएको बताएका छन् । 

उनले भने, ‘म यहाँबाट नै भन्न चाहन्छु डा. सीके राउतलाई, उनले कुन प्रमाणको रूपमा नेपाली कांग्रेस र एमाले पार्टी भ्रष्ट पार्टी, कमिशनखोर पार्टी, दलाल पार्टी र यो सरकारलाई घेराबन्दी गरेको छ, यो मुख्यमन्त्रीलाई रोष्टमबाट म जवाफ लिन चाहन्छु ।  मुख्यमन्त्री जीलाई कुन मिटिंगमा कुन कामको लागि कुन प्रक्रियाको लागि गठबन्धनबाट डिस्टर्ब भएको छ, रोकेको छ । तपाई किन अलमलिनुभएको छ रु बेलुका एउटा सहमति गर्नुहुन्छ, बिहान तपाई पल्टिनुहुन्छ रु त्यो गठबन्धनको कारणले हो रु अनि गाली गर्नुहुन्छ गठबन्धनलाई ?’

यादवले आजसम्म रेडबुकको क पनि सुरु नभएको भन्दै उनले भने, ‘कमसे कम काम सुरु भएको भए नेपाली कांग्रेसले कमिसन खोज्न सक्छ, एमालेले भ्रष्टाचारी गर्न सक्छ । अहिलेसम्म हामी एउटा कार्यक्रम पनि अगाडि बढ्न सकेको छैन अनि भ्रष्टाचारी भन्ने ? आफ्नो मुख हेर्नुस् काम भएको छ भने एउटै काम भएको छ, त्यो हो सरुवा बढुवा राजनीतिक नियुक्त, पदस्थापनबाहेक केही भएको छैन । त्यो गर्ने भनेकै मुख्यमन्त्रीको सचिवालय हो । त्यहाँ प्रश्न चिन्ह आउन सक्छ । 

मन्त्रालयबाट अहिले कुनै काम अगाडि नबढेको भन्दै उनले प्रत्येक दिन सहमति मात्र हुने गरेको बताए । 

उनले शुभकामनाको दिनमा विरोध गर्न नखोजेको भन्दै उनले भने, ‘तर के गर्ने पिडा छ पिडा । म डिबेट गर्न चाहन्छु । ठिक छ तपाईँको डा. सीके राउत क्याम्ब्रिज युनिभर्सिटीबाट पिएचडी गर्नुभएको छ । उहाँ विद्यार्थी पढाउन सक्नुहुन्छ, खोज गर्न सक्नुहुन्छ तर व्यवहारिक ज्ञानमा आफूलाई पुष्ट छु भन्न सक्नुहुन्न ।’

‘उहाँ काठमाडौँमा बसेर यहाँको सरकारको नियन्त्रण गर्ने रु हामी यहाँ माननीय मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा छौँ, सीको राउतको नेतृत्वमा छैनौँ’, उनले अगाडि भने, ‘उहाँको अधिकार छैन यहाँ हामी माथि औँला उठाउने नेपाली कांग्रेस, एमाले वा अन्य दलका सांसदमाथि । तपाईँलाई चित बुझेन भने तपाईँको काम हो । नेपाली कांग्रेस, एमाले गठबन्धनप्रति उत्तरदायी हो, गठबन्धनको निर्णयप्रति अक्षरशः पालन गर्ने हो । तपाई आफै गर्न नसक्ने अनि अरूमाथि प्रश्न उठाउने ?’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित