६ वर्षपछि सूर्य नजिक पुगेको पार्कर सोलारकाे डाटा अर्को वर्ष पाइने « Khabarhub

६ वर्षपछि सूर्य नजिक पुगेको पार्कर सोलारकाे डाटा अर्को वर्ष पाइने


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले २४ डिसेम्बरको साँझ सूर्यको एकदमै नजिक पुगेर कीर्तिमान बनाए पछि विज्ञानमा ठुलो उपलब्धि मानिएको छ ।

नासाको यो अन्तरिक्ष यान सूर्यबाट करिब ६१ लाख किलोमिटर नजिकबाट गुज्रिएको थियो, सूर्यको यती नजिक पुगेर रेकर्ड बनाएको यो संसारको पहिलो मानव निर्मित साधन हो । अझ सजिलो भाषामा भने हो पार्कर सोलारले तय गरेको दुरीलाई अझ सजिलो तरिकाले बुझ्ने हो भने पृथ्वी र सूर्यको दुरीलाई मानौँ एक मिटर ठानौँ । त्यो आधारमा भन्दा सूर्य नजिक पार्कर सोलार पुग्नलाई जम्मा ४ सेन्टिमिटर मात्रै बाँकी रहेको अवस्था हो ।

एजेन्सीले पार्कर सोलार प्रोब स्पेसक्राफ्टले जनवरी १ मा आफ्नो स्थिति र आविष्कारहरूको विस्तृत डाटा पठाउन सुरु गर्नेछ ।  सूर्यको नजिक जाँदा, अन्तरिक्ष यानको गति ६.९ लाख किलोमिटर प्रति घण्टा भन्दा बढी थियो, त्यो बेला उसले के के देख्यो र के भयो ? भन्ने रिपोर्ट झन्डै एक साता पछि अर्थात् जनवरी १ वाट नासाले प्राप्त गर्नेछ । सो डाटा प्राप्त गरे पछि हाम्रो सूर्यका धेरै रहस्यहरू उद्घाटन गर्नेछ ।

त्यति बेला पार्कर सोलारले ९८२ डिग्री सेल्सियस तापक्रमको सामना गरिरहेको थियो । यति तीव्र गर्मीका बाबजुद पनि पार्कर सोलारमा कुनै क्षति भएको छैन ।

सूर्यको बाहिरी वायुमण्डल जसबाट पार्कर गएको थियो, त्यसलाई कोरोना भनिन्छ। यो सूर्य र हाम्रो सौर्यमण्डलमा यसको प्रभाव बुझ्ने दिशामा एक प्रमुख कदम हो।

डिसेम्बर २७ मा पठाइयो सिग्नल नासाबाट प्राप्त जानकारी अनुसार पार्कर सोलार प्रोबले डिसेम्बर २७ मा पृथ्वीमा नासाको जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरी टोलीलाई सिग्नल पठाएको थियो, जसका कारण वैज्ञानिकहरूले यो सुरक्षित र ठीकसँग काम गरिरहेको थाहा पाएका थिए ।

नासाको यो अभियानको उद्देश्य पृथ्वीको सबैभन्दा नजिकको तारा सूर्यको बारेमा थप जानकारी सङ्कलन गर्नु हो। सूर्यको बाहिरी वायुमण्डलमा अन्तरिक्ष यानको प्रवेशले वैज्ञानिकहरूलाई सूर्यको बारेमा थप जान्न मद्दत गर्नेछ। अचम्म के छ भने सूर्य भित्रको खास तापक्रम ५ हजार ८ सय डिग्री सेल्सियस छ, जब यसको ताप बायुमण्डल (कोरोना) मा आउँछ, अचानक ५ लाख डिग्रि सेल्सियस भन्दा किन बढी हुन्छ ? भन्ने विषय अझै सम्म सुल्झन सकेको थिएन, सम्भवतः यो यात्रा त्यो लगायत धेरै रहस्यहरू खुलासा गराउने अपेक्षा वैज्ञानिकहरूले गरेका छन् ।

यदि पार्कर अन्तरिक्ष यानले डिसेम्बर २७ सम्म पृथ्वीमा संकेत पठाएको थिएन भने यो नासाका लागि नराम्रो खबर मानिने थियो। यस मिसनमा संलग्न वैज्ञानिक नूर रवाफीले पार्करले डिसेम्बर २४ मा खिचेको तस्विर अर्को वर्षको जनवरीमा नासालाई प्राप्त हुने बताए । यस पछि क्रमशः  बाँकी डाटा उपलब्ध हुनेछ, जब यो सूर्यबाट अब धेरै टाढा जानेछ ।

पार्कर सोलार ६ वर्ष पहिले नासा द्वारा १२ अगस्त २०१८ मा प्रक्षेपण गरिएको थियो। सूर्यको बाहिरी वायुमण्डललाई नजिकबाट अध्ययन गर्ने उद्देश्यले यो लन्च गरिएको हो। यसमार्फत सौर्य वायुको प्रणाली बुझ्ने प्रयास भइरहेको छ । -न्युजकारखानाबाट साभार 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित