आजका समाचार : रवि फेरि निलम्बित, डीपीलाई रास्वपाको नेतृत्व र हसिना फर्काउन भारतलाई दबाब « Khabarhub

आजका समाचार : रवि फेरि निलम्बित, डीपीलाई रास्वपाको नेतृत्व र हसिना फर्काउन भारतलाई दबाब


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सांसदबाट निलम्बनमा परे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसद पदबाट निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत आइतबार पठाएको पत्रअनुसार संघीय संसद्‍ सचिवालयले सोमबार निलम्बनसम्बन्धी सूचना प्रकाशित गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै रवि सांसद पदबाट निलम्बनमा परेका हुन् ।

निलम्बनबारेको पत्र प्रहरीले पठाएपछि सभामुख देवराज घिमिरेले सोमबार दिनभर कानुनी परमार्श गरेका थिए । जसअनुसार उनले बीचको बाटो प्रयोग गरेर लामिछाने निलम्बित भएको सूचना निकालेका हुन् ।

डीपीलाई कार्यवाहक दिने रास्वपाको निर्णय

सहकारी ठगी : पहिलो दिनमा सकिएन छविको बयान, रविको पालो बाँकी

रविको संकट बढ्दै जाँदा डाकियो रास्वपा बैठक, नेताहरू पोखराबाट काठमाडौंतिर

कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय

रविबिना कसरी अघि बढ्ला रास्वपा ?

राष्ट्रपति समक्ष पाँच राजदूतले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महासङ्घका लागि नवनियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा। शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सिफारिस

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन हो : नेता सिंह

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैन : मन्त्री पाण्डे

माओवादीले माग्यो ऋषिकेशको राजीनामा, ऋषिकेशको जवाफ(परीक्षामा समावेश हुन तयार छु

सुपारी निकासी प्रवर्द्धनमा जोड

सहकारी ठगीमा दीपेश : बचतकर्तालाई झुक्याएर लाभ लिए, जीबीको गैरकानुनी कारोबारमा साक्षी बसे

भक्तपुरमा बाबुछोराको ‘हत्या’, गायब छन् सँगै सुतेका जेठा छोरा
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत भेटिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत भेटिएका हुन् ।


हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटस्थित भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

‘जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्सिर २८ गते प्रशासनमा आउनुभएको थियो । आज यस्तो खबर सुनियो’, उनले भने ।

एचआइभी सङ्क्रमित स्वास्थ्य बिमाबाट वञ्चित

मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान

परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा

सुदूरपश्चिममा रिक्त राजनीतिक नियुक्ति सहमतिमै टुंग्याइने

‘जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी’

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए।

‘हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ’, तौहिद हुसेनले पत्रकारहरूलाई भने।

मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प

रूस-युक्रेन युद्धमा उत्तर कोरियाका एक हजारबढी सैनिक मारिए

पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्न पोलियो खोप अनिवार्य

दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित