उच्च करदातालाई नेपाल उद्योग परिसङ्घको सम्मान « Khabarhub

 उच्च करदातालाई नेपाल उद्योग परिसङ्घको सम्मान


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग परिसङ्घले यस वर्षको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसङ्घले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।

आज परिसङ्घ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरेका हुन् ।

उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा परिसङ्घले उच्च करदातालाई सम्मान गरेको उनले बताए ।

राष्ट्रिय कर दिवसमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट डाबर नेपाल, एकलौटी फर्ममध्येबाट श्रुती ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्ने कोडावतार, कृषि एवं पशुपंछीजन्य उद्योगबाट पतञ्जली आयुर्वेद, बैंक तथा वित्तीय संस्था र बिमाबाट नबिल बैंकलाई परिसङ्घले सम्मान गरेको हो ।

स्वास्थ्य तथा शैक्षिक संस्थाबाट लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन क्षेत्रबाट तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारतर्फबाट भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामुलक उद्योगबाट भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान गरिएको हो ।

यसैगरी विसंं २०७५ साउनदेखि २०८१ साल असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये आव २०७९/८० को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसङ्घले सम्मान गरेको छ ।

कार्यक्रममा परिसङ्घ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ्ग काउन्सिल सदस्यद्वय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा घनश्याम ओझालगायत उपस्थित थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ५ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित