जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता « Khabarhub

जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इशिबा शिगेरु जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । लिबरल डेमोक्रेटिक पार्टीका नेता इशिबा जापानको तल्लो सदनमा भएको निर्वाचनमा निर्वाचित हुँदै जापानको १०३औँ प्रधानमन्त्री बनेका हुन् ।

४६५ सदस्यीय जापानको तल्लो सदनमा भएको दोस्रो राउण्डको मतदानमा इशिबाको पक्षमा २२१ मत परेको थियो भने उनका प्रतिद्वन्दी विपक्षी नेता योशिहिनको नोडाले १६० मत प्राप्त गरेका थिए । त्यस्तै ८४ मत बदर भएका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका लागि आवश्यक २३३ मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।

गत सेप्टेम्बरमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएपनि सत्ताबाट बाहिरिन भने नपर्ने भएको छ ।

   

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित