झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी 


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो । 

नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार भएको छ । 

८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । 

आज ३१६ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । बजार खुल्ला रहँदासम्म ८० हजार ५९५ पटक शेयर किनबेच भयो ।  १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी म्युचुअल फण्ड समूह १.४० प्रतिशतले बढेर २१.२८ विन्दुमा पुगेको छ । सबैभन्दा कम निर्जीवन लाइफ समूह ०.७५ अंकले बढेर १३ हजार १९७.१८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.४० प्रतिशतले, फाइनान्स ०.५१ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२१ प्रतिशतले, अन्य समूह ०.३६ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह २.१० प्रतिशतले घटेर ३ हजार ६५२.२० विन्दुमा आएको छ भने सबैभन्दा कम जलविद्युत समूह ०.१२ प्रतिशतले घटेर ३ हजार ३१०.६८ विन्दुमा आएको छ ।  साथै, विकास बैंक समूह ०.६४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४८ प्रतिशतले, जिवन बीमा ०.२४ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित