दशैंको किनमेल स्थानीय हाटबजारमा « Khabarhub

दशैंको किनमेल स्थानीय हाटबजारमा


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको छ । सहरी क्षेत्र सुनसान बन्दै गएको बेलामा गाउँघरका पसल तथा बजारहरु स्थानीयको किनमेलको केन्द्र बन्ने गरेको छ ।
दशैंको टीकाको अघिल्लो दिन आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ इटौरामा लाग्ने हाटबजारमा किनमेल गर्ने स्थानीयको घुइँचो लागेको छ । फूलपातीकै दिनदेखि सहर बजार सुनसान बन्दै गएको अवस्थामा आज महानवमीको दिन यहाँको हाटबजार भने भरिभरिउ छ । अन्य बेलाको तुलनामा आज हाटबजारमा किनमेल गर्नेको सङ्ख्या अत्यधिक भएको कपडा व्यवसायी काशिराम कँडेलले बताए ।
“दशैंको अघिल्लो दिन भएर पनि होला । आज किनमेल गर्ने उपभोक्ताको ठूलै घुइँचो लागेको छ”, उनले भने, “अन्य शुक्रबारको तुलनामा आजको दिन चार गुणा बढी व्यापारसमेत भएको छ ।”
दशैंमा घर आउँदा सामान खरिद गर्न नपाएका उपभोक्ताहरु घर नजिकै सस्तो र गुणस्तरीय सामान पाउने भएपछि हाटबजारमा आकर्षित भएका कँडेलको भनाइ छ । सहर बजारको पसलमा भन्दा हाटबजारमा लाग्ने पसलमा सामान सस्तो तर एउटै गुणस्तरको पाउनेसमेत कँडेलले दाबी गरे ।
स्थानीय कोल्हुवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले हाटबजार स्थानीय सामान बिक्री गर्ने सहज माध्यम भएको बताए । “आफ्नो बारीमा उत्पादन भएको फलफूल तथा तरकारी बिक्री गर्न समेत हाटबजार उपयुक्त माध्यम बनेको छ”, उनले भने, “धेरै उत्पादन हुनेले बिक्री गर्ने अनि आवश्यकता पर्नेले खरिद गर्ने थलो हाटबजार बनेको छ ।”
हाटबजारले स्थानीयलाई सामान खरिद गर्न, बिक्री गर्न टाढा बजारमा जानुपर्ने अवस्थाको अन्त्य हुँदा समय र पैसाको समेत बचत भएको उजको भनाइ छ ।
मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले हाटबजारका कारण स्थानीय सरकारलाई राजस्व समेत प्राप्त हुने गरेको बताए । “हाटबजारमा सामान बिक्री गरेबापत व्यवसायीले सरकारलाई कर बुझाउँछन्”, उनले भने, “उपभोक्ताले पनि ताजा र सस्तो सामान खरिद गर्ने अवसर पाएका छन् ।” दसैँको अघिल्लो दिन लागेको हाटबजारमा त झनै दशैंका लागि आवश्यक पर्ने तरकारी, फलफूल तथा अन्य सामग्री खरिद गर्न अन्य दिनभन्दा बढी उपभोक्ताहरु पुगेका उनले बताए ।
मध्यविन्दु–३ रतनपुरका अमरबहादुर बोहोराले हाटबजारले आफूहरुलाई सहज बनाएको बताउनुभयो । “दसैँको किनमेल गर्न बाँकी थियो, फूलपातीदेखि बजारका पसल पूरै बन्द जस्तै थिए”,  उनले भने, “गाउँमै हाटबजार लागेपछि हामीलाई आवश्यक पर्ने सबै सामग्री खरिद गर्न सहज भयो ।” हाटबजारमा लत्ताकपडा, फलफूल, तरकारीमात्रै नभएर अन्य दैनिक उपभोग्य वस्तु तथा जुत्ताचप्पल समेत पाइने भएकाले आफूहरु किनमेल गर्न त्यहाँ आएको बोहोराले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ९ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित