श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा « Khabarhub

श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा

खराब मौसमका कारण हेलिकोप्टर आउन ढिलाई


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अविरल बर्षासंगै कोशीमा बढेको पानीको वहावका कारण बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित तिलिया टापुमा २२ जना गोठालाहरू उद्धारको पर्खाईमा छन् ।

कोशी टप्पु अन्तर्गत श्रीलंका टप्पुमा पर्ने तिलिया टापुमा उनीहरु थुनिएपछि झरी बर्षाका बीच कोसीमा पानीको सतह बढेकाले उद्धारको पर्खाइमा २४ घण्टा बितेको हो ।  

अविरल वर्षासँगै आएको वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले बराहक्षेत्र ६ स्थित ठाकुरबारी टिक्रीमा थुनिएका २२ जना २४ घण्टाभन्दा बढीदेखि कुरिरहेका छन् । 

बर्षा र पानीको वहावकाकारण थुनिएकाको उद्धारको निम्ति नेपाली सेना र प्रहरीका साथ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहितको टोली उक्त स्थानमा पुगेपनि उद्धार गर्न सकिने अवस्था नभएको घट्ना स्थलबाट मुख्यमन्त्रीका जन सम्पर्क सल्लाहकार रवि खनालले खवरहवलाई बताए । 

उनले भने, ‘हिजोदेखि त्यहाँ चौपाया चराउन गोठाला गएका रहेछन् । फर्किने बेलामा झरी पानी र कोशीमा पानीको सतह बढेकाले आउन नसकेका रहेछ । उनीहरुको उद्धारकालागि मुख्यमन्त्री कार्की ज्युले तत्कालै घट्ना स्थलबाटै गृहमन्त्रीलाँई फोन गरी हेलिकप्टर मगाउनु भएको छ । तर खराव मौसम कारण ढिलाई भइरहेको छ ।’

यसैबीच मुख्यमन्त्री कार्कीसहितको टोलीले कोशी ब्यारेजको निरीक्षणपछि पानीको वहाव अत्यधिक बढेको र अपरान्ह ३ बजेसम्ममा ५ लाख ३१ हजार ७ सय ५० क्युसेक प्रतिसेकेण्ड पुगेकाले जोखिमको आकलन गर्दै सुनसरी र सप्तरीका जिल्ला सुरक्षा समितिलाई एम्बुलेन्स जस्ता अत्यावश्यक  सेवा बाहेकका यातायात नचालउने व्यवस्था मिलाउन निर्देशन दिएको पनि खनालले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित