वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी « Khabarhub

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयले १० ठाउँमा पोखरी निर्माण गरेको हो । 

आर्थिक वर्ष २०८०-८१ मा रु दश लाखको लागतमा दश ठाउँमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । मानव वन्यजन्तु व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको पण्डितको भनाइ छ ।

 वनमा पानीको स्रोत मासिँदै गएपछि घर छेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछी वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो । 

पण्डितले भने, ‘तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो ।’

वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैले पोखरी निर्माण गर्न थालेका छन् । प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जङ्गलमै बस्ने र बस्तीसम्म आउने सम्भावना कम हुने पण्डितको भनाइ छ । 

यसैबीच कार्यालयले बन्दीपुर गाउँपालिका–५ थुम्कास्थित याम्पा सामुदायिक वनमा भएको अतिक्रमण हटाएको छ । वन क्षेत्र अतिक्रमण गरी छाप्रो बनाएको र आवादी गरेको ठाउँमा वन कार्यालयले सामुदायिक वन, वडाध्यक्ष र स्थानीयको सहयोगमा अतिक्रमित क्षेत्रको टहरा भत्काएको जनाएको छ । 

यस्तै कार्यालयले गत आर्थिक वर्षमा १५ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयले रतुवा मृग, कोभ्राको बच्चा, अजिङ्गर, गिद्ध, कालो बाज, निरबिरालोको उद्धार गरेको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । 

उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित बासस्थानमा छाडिएको उनले बताए। उनका अनुसार विसं २०८० भदौ १९ गते व्यास नगरपालिका–३ दमौली अस्पताल नजिकबाट रतुवा मृग, विसं २०८० भदौ २६ गते व्यास–१ गल्वुबेँसीबाट कोभ्राको बच्चा, विसं २०८० असोज ५ गते ऋषिङ गाउँपालिका–१ झापुटारबाट रतुवा मृग, विसं २०८० मङ्सिर १० गते व्यास–१४ रुम्सीबाट अजिङ्गर, विसं २०८० पुस २० गते व्यास–५ मादीसेती दोभानबाट डङ्गर गिद्ध, विसं २०८० फागुन ९ गते म्याग्दे गाउँपालिका–७ बाट रतुवा मृगको उद्धार गरिएको छ । 

त्यसैगरी विसं २०८० चैत १९ गते व्यास–१३ बाट अजिङ्गर, विसं २०८१ वैशाख १५ गते व्यास–१३ बाट कालो बाज, विसं २०८१ वैशाख २८ गते शुक्लागण्डकी नगरपालिका–८ बाट रतुवा मृग र विसं २०८१ जेठ १ गते शुक्लागण्डकी नगरपालिका–७ बाट निरबिरालोको उद्धार गरिएको श्रेष्ठले बताए । 

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित