सरकारको विरोध गर्नु बहादुरी ठान्छन् मान्छेहरू : प्रधानमन्त्री ओली « Khabarhub

सरकारको विरोध गर्नु बहादुरी ठान्छन् मान्छेहरू : प्रधानमन्त्री ओली


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था निक्कै कमजोर भएको बताएका छन् । 

शनिबार २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यति बेला अलिकति मनलाई दह्रो बनाएर कठिनाइ सामना गर्दै देशलाई अघि बढाउनु पर्ने बताए। आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा विशृङ्खलित र राजनीतिक रूपमा भाँडभैलो हुँदा देश पछाडि पर्ने ओलीले बताए। 

अहिले सरकारको विरुद्ध नियोजित र प्रायोजित हल्लाहरू थुप्रै चलाइएको ओलीले बताए । ‘सरकारको विरोध भनेको केही पनि नगरी प्राप्त हुने बहादुरी हो, अहिले मान्छेहरू यस्तो भएका छन्, हाम्रो संस्कृति, सभ्यता, सामाजिक मूल्य, समाजको विशेषतालाई कमजोर पार्दै लगिएको छ’, उनले भने । 

नेपाली समाज आस्था, विश्वास, सामाजिक, धार्मिक र नैतिक बन्धनमा बाँधिएर आएको ओलीले बताए। नेपाली समाज कानुनमा मात्र होइन, बाचा, नैतिकता र इमानताको बन्धनमा बाँधिएको ओलीले स्पष्ट पारे।

देशलाई हरेक हिसाबले समृद्ध बनाउने संकल्प सरकारले लिएको ओलीले बताए। आर्थिक समृद्धिसँगै सामाजिक र सांस्कृतिक समृद्धि जरुरी रहेको ओलीले बताए। नत्र त्यो खोक्रो हुने उनको धारणा  छ ।

 ‘हामी समृद्ध नेपाल बनाउन चाहन्छौँ, हरेक हिसाबले समृद्ध’, ओलीले भने। 

आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुनु नहुनेमा उनले जोड दिए। हरेक नागरिकका न्यायोचित इच्छा र आकाङ्क्षा सम्बोधन हुनु पर्नेमा ओलीको भनाइ छ । 

ओलीले देशको अर्थतन्त्र माथि उठाउन सबैले मिलेर काम गर्नुपर्ने बताए। त्यसो गर्दा देश र सबै देशवासीको अवस्था माथि उठ्ने उनले दाबी गरे । सबैको साझा प्रयासले राजश्व असुली लगायत देशको आर्थिक अवस्था बिस्तारै माथि उठ्न लागेको ओलीले बताए। यो सबैको प्रयासबाट सम्भव भएको ओलीले प्रष्ट पारे । 

ओलीले कर्मचारी राष्ट्रका मेरुदण्ड भएका बताए। राम्रा वा नराम्रा जुनसुकै काममा कर्मचारीको साथ नलिई राजनीतिक मानिसहरूले केही गर्न नसक्ने ओलीले बताए। 

‘तपाईँहरूलाई प्रयोग नगरी हामी त केही गर्नै सक्दैनौँ, भ्रष्टाचार गर्न पनि तपाईँहरूलाई प्रयोग गर्नुपर्छ, यस्तो कुकर्ममा तपाईँहरू किन सहभागी हुने, सहभागी नहुनुस्’, ओलीले भने। 

ओलीले मान्छेलाई एकछिन अलमल्याएर देश नबन्ने बताए। देश बनाउन लामो सोच हुनुपर्ने उनले स्पष्ट पारे। 

अहिले देश र लोकतन्त्रको लागि योगदान गरेका दुईवटा पार्टीको सरकार भएकोले सकारलाई काम गर्न त्यति अप्ठेरो नभएको ओलीले बताए। सङ्ख्याको हिसाबले तानतुन गरेको सरकार नभएकोले अहिलेको सरकारलाई काम गर्न सहज भएको उनले प्रष्ट पारे। 

संसदमा आएको निजामती सेवा ऐन संशोधन गरेर सरकार अघि बढ्ने उनले स्पष्ट पारे। संसदमा पहिला नै पेस भएको पनि अब त्यसलाई पास गर्ने बेला आएको ओलीले बताए। 

ओलीले माओवादीको सशस्त्र द्वन्द्व हिंसात्मक आन्दोलन नै भएको दाबी गरे। हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नु पर्‍यो, केही मानिसहरूले महिमामण्डन गरेको सुन्छु, त्यस्तो महान् थियो भने किन छोडेको त्यो बाटो ? किन आउनु पर्‍यो शान्ति प्रक्रियामा रु त्यस्तो महान् जनयुद्ध नै थियो भने त सफल पार्नु पर्थ्यो, जनयुद्ध हो भने त्यो फेल हुँदैन, जनआन्दोलन हो भने पनि त्यो फेल हुँदैन, जन भइसकेपछि फेल हुँदैन, अब जनताका नाममा एकमुठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अथवा अरू प्रकारका रहरहरू लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ र बाटो बदल्नु पर्छ’, ओलीले भने। 

आफूले पनि झापा आन्दोलन ताका लिएको नीति अघि बढ्नको लागि सही नीति नभएको ओलीले विश्लेषण गरे ।

‘त्यो सही नीति भएनछ अगाडि बढ्ने, बदलियो, त्यो सही भएन त बदल्नु पर्छ, त्यस्तै अरूले चलाएका अनावश्यक हिंसा पनि बदल्छु पर्छ, छोड्नु पर्छ, बदल्नु पर्थ्यो बदलियो, हिंसाको महिमामण्डन गरेर अगाडि बढ्न सकिँदैन’, ओलीले भने। 

अहिले पनि हिंसाको महिमामण्डन गर्नु हुँदैन भन्ने मानिसहरू जीवितै रहेको उनले बताए । ओलीले कोही कोही मान्छे नजन्मिएको भए घाम नै उदाउँदैनथ्यो, वर्षा नै हुँदैन थ्यो कि, ऋतु नै परिवर्तन हुँदैन थ्यो कि भन्ने जस्तो प्रचार गरिएको ओलीले बताए। 

‘उनै महामान्छे अवतरित भएपछि यो सबै भएको हो कि, लोकतन्त्र निज महामानवले ल्याए कि ? धन्न एउटा स्पाइडर म्यान जन्मनुभए छ भने जस्तो कसैको बारेमा कुनै त्यस्तो भ्रम लिनु आवश्यक छैन’, ओलीले भने।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  १२ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित